Headlines News :
Home » » उपल्लो डोल्पामा सुरक्षा चुनौती..

उपल्लो डोल्पामा सुरक्षा चुनौती..

Written By news on Sunday, 19 June 2016 | 05:10


असार ५,डोल्पा – जिल्लाको उत्तरी क्षेत्र भौगोलिक रुपमा विकट भएकाले त्यहाँको जनजीवन, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्को अभावमा कष्टकर त छँदैछ पछिल्लो समयमा सुरक्षा चुनौतीका हिसाबमा पनि संवेदनशील बन्दै गएको छ । बर्सेनि शृृङ्खलावद्ध रुपमा लुटपाट, बहुमूल्य मूर्ति तस्करीले उपल्लो डोल्पाली आजितमात्रै भएका छैनन् यसले धर्म, संस्कृति, इतिहासनै सङ्कटमा परेको भन्दै चितिन्त बनाएको छ । पटक/पटक भइरहेको चोरीले सयौँवर्ष पुराना बुद्धका मूर्ति चोरी भएका छन् । यसलाई जोगाइ राख्न चुनौती छ । उपल्लो डोल्पाका बौद्धिक गुम्बाबाट पछिल्लो तीन वर्षयता मात्रै ३५ थान बहुल्मूल्य मूर्ति चोरी भएका छन् । बर्सेनि दिउँसै हतियार देखाएर हुने गरेका चोरीका घटनाले डोल्पाली तर्सित बनेका छन् । उपल्लो डोल्पाको सुरक्षाबारे त्यहाँका बासिन्दाले स्थानीय प्रशासन तथा सरकारको ध्यान आकर्षण गराएका छन् । तस्करले अत्याधुनिक हतियारको प्रयोग गरेर स्थानीयवासीलाई तर्साउँदै लुटपाट गरिरहेकाले यसलाई रोक्न उनीहरुले माग गरेका छन् । “डरले राती निद्रा लाग्न छाडेको छ,” स्थानीयवासी ओम मगरले पीडा सुनाउनुभयो । तस्कर दिउँसै हतियार लिएर गाउँ पस्ने गरेका छन् । व्यक्तिगत सम्पत्ति जोगाउन नसकेको अवस्थामा मठ, मन्दिरको संरक्षण गर्न नसकिने भन्दै स्थानीयवासी चिन्तित छन् । उपल्लो डोल्पाका से—गुम्बा, याङजोर गुम्बा, बोन गुम्बा, गागर गुम्बा, थोङडोल गुम्बा, तान्सा गुम्बा, ताक्सी गुम्बा, पुग्मा गुम्बा, सिमेन्टलगायतका गुम्बाबाट चोरी भएका बहुमूल्य मूर्तिमध्ये प्रहरी र स्थानीयवासीको सक्रियतामा केही पुनःस्थापना भए तापनि धेरैजसोको टुङ्गो लाग्न सकेको छैन । कतिपय गुम्बाका ऐतिहासिक वस्तु हराएपछि तिनको अस्तित्व संकटमा परेको नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाको भनाइ छ । “इतिहास नै मेटाउनेलाई हदैसम्मको कारबाही हुनुपर्छ,” उनले भने । ठाउँठाउँमा प्रहरी चौकी स्थापना गर्न बुढाले माग गरे । नाम्दो, साल्दाङ, धो, भिजेरलगायतका स्थानमा अस्थायी प्रहरीचौकी राखिए पनि हिउँदमा बस्न सक्ने अवस्था नहुँदा त्यहाँबाट चौकी अन्य ठाउँमा स्थानान्तरण गरिँदै आएका छन् । सुरक्षाकर्मी नभएको अवस्थामा तस्करले मूर्ति चोरी गर्ने गरेका छन् । हजारौँ वर्ष पुराना बहुमूल्य मूर्तिको रु पचास हजार, रु एकलाख भनेर मूल्य तोक्ने काम पुरातत्व विभागले गरेकाप्रति समेत डोल्पालीले आपत्ति जनाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलसीराम अर्यालले चोरी तस्करी नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको बताए । “प्रहरी चौकी थप्नेबारे गृह मन्त्रालयलाई बारम्बार ताकेता गर्र्दै आएका छौँ,” उनले भने ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger