Headlines News :
Home » » ‘गाजलु’ प्रचारमा अनमोलको कञ्जुस्याँई, फिल्मलाई यस्ता चुनौती..

‘गाजलु’ प्रचारमा अनमोलको कञ्जुस्याँई, फिल्मलाई यस्ता चुनौती..

Written By news on Wednesday, 8 June 2016 | 01:01

वैशाख महिनाबाट चलचित्रको रिलिज हेर्ने हो भने जेठ २१ गते प्रदर्शनमा आएको ‘कालो पोथी’ले केही आशातित व्यापार गर्‍यो । करिब डेढ महिनाको अवधीमा रिलिज भएका अरु सबै चलचित्रले निर्माताको लगानी सुरक्षित गर्न सकेनन् ।

यसैले पनि रोहित अधिकारी निर्मित चलचित्र ‘गाजलु’ सबैको नजरमा छ । जेठ २८ अर्थात शुक्रबारदेखि रिलिज हुने यो चलचित्रको व्यापारले चलचित्र क्षेत्रको सुस्त गतीलाई बढाउँछ कि भन्ने आश गरिएको छ ।

हेमराज वीसीको लभस्टोरी कथा भन्ने शैली, अनमोल केसीको क्रेजका साथै श्रृष्टी श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान दर्शक तान्ने मुख्य हतियार हुन् ।
तर, आफ्नै प्रोडक्शनमा बनेको चलचित्र ‘ड्रिम्स’का लागि दौडधुप गरेका नायक अनमोल केसीले यो चलचित्रको प्रचारमा भने कञ्जुस्याँई गरिदिएका छन् ।

चलचित्रको लण्डन पि्रमियरमा समेत निर्माताको प्रस्तावलाई अस्विकार गरेर नेपाल फर्किएका अनमोलले यहाँ पनि चलचित्रलाई खासै वास्ता गरेका छैनन् । यसबाट पनि अनमोलले बाहिरी ब्यानरका चलचित्रमा महंगो पारिश्रमिक लिएपनि वास्ता गर्दैनन् भन्ने देखाएको छ ।

चलचित्र खेल्नका लागि २०-२५ लाखको डिमाण्ड गर्न थालेका अनमोलले त्यसको प्रचारमा भने साथ दिनुपर्छ भन्ने विर्सन थालेको भन्दै आलोचना पनि सुरु भएको छ ।
यो चलचित्रलाई लिएर जति आशा गरिएको छ त्यती नै चुनौती पनि छ । श्रृष्टी श्रेष्ठको डेब्यू चलचित्र भएकाले पनि उनका लागि यो चलचित्र चल्न जरुरी छ । अनमोल केसीको लगातार ३ वटा चलचित्र चलेका छन्, यसैले उनका लागि पनि चौथो चलचित्र चलेको खण्डमा स्टारडम अझ उचाइमा पुग्ने निश्चित छ । सलोन र गौरवलाई पनि सफल चलचित्र आवश्यक छ ।

कुमारीको कथामा बनेको यो चलचित्रलाई लिएर दर्शकमा उत्साह त छ । तर, हेरौ यो उत्साह हलसम्म कती देखिन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger