Headlines News :
Home » » किन आउँछ पाद ?

किन आउँछ पाद ?

Written By news on Wednesday, 15 June 2016 | 00:25

नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ ।

कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा लाज मान्नुपर्ने कुनै कारण छैन । यो त मानिसको पाचन प्रणाली स्वस्थ भएको संकेत हो ।

पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । मलद्धारबाट निस्किने ग्यास सधै दुर्गन्धित तथा ठूलो आवाज सहितको हुँदैन ।
शोध अनुसार एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्दछ । अधिकांश पटक कुनै आवाज विना नै ग्यास उत्सर्जन हुन्छ । यसरी छाडिने ग्यासमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ । यदि तपाइँले छाड्ने ग्यास तिखो गन्ध सहितको छ भने यसबाट बुझ्नुपर्छ की तपाइँले पर्याप्त फाइबर सहितको भोजन लिन पाउनुभएको छ र तपाइँको पेटमा पर्याप्त मात्रामा लाभदायक ब्याक्टेरिया छन् ।

तर ग्यास निकै दुर्गन्धित छ र सहनै नसक्ने तरिकाले गन्हाउँछ भने चाहीँ यसले राम्रो संकेत गर्दैन । यसको अर्थ हुन्छ तपाइँको पाचन तन्त्र अस्वस्थ छ । यसरी ग्यास बढि गन्हाउनुको अर्थ कारण तपाइँले यस्ता चिजहरु खाइरहनुभएको छ जसले उच्च मात्रामा हाइड्रोजन सल्फाइड ग्यास उत्पन्न गरिरहेको छ ।

शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ ।

शोधकर्ताका अनुसार केवल ग्यास छाड्नेलाई मात्र होइन ग्यास सुघ्नेलाई पनि फाइदा हुन्छ । पादमा मिसिएर आउने मिथेन ग्यास सुँघ्नाले मानिसमा विभिन्न खाले रोगको खतरा क मगर्दछ । डिमेन्सिया रोगका बिरामीलाई मिथेन ग्यासले निकै लाभ पूराउँदछ । त्यस्तै हाइड्रोजन सल्फाइड ग्यासले पनि डिमेन्सियाका बिरामीको सरिरमा लाभदायक इन्जाइम उत्पादन गर्न सहयोग पूराउँछ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger