Headlines News :
Home » » जबरजस्ती क्रिश्चियन बनाउने सातजना पक्राउ...

जबरजस्ती क्रिश्चियन बनाउने सातजना पक्राउ...

Written By news on Friday, 10 June 2016 | 20:55

सदरमुकाम चरीकोटमा रहेको दुईवटा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न कार्यक्रमको नाममा र शैक्षिक सामाग्रीको नाममा बाइबल बाँड्दै क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै प्रिन्सीपलसहित धर्म प्रचारकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । पक्राउ पर्नेमा सुन्द्रावती गाविस–५ निवासी २७ वर्षीय विमल शाही मोडन नेपालका प्रध्यानध्यापक, भीमेश्वर नगरपालिका–१ घर भई भीनपा–१० बस्दै आएका माउन्ट भ्यालीका प्रध्यानाध्यापक समेत रहेका  ५० वर्षीय प्रकाश प्रधान, काठमाडौँ माहानगरपालिका–१८ का ४४ वर्षीय बनिता डङ्गोल, गोरखाको मिरकोट गाविस–५ का २५ वर्षीय फिलिप तामाङ, दोलखा मिर्गे–४ का  ३० वर्षीय किरण दाहाल, मकवानपुर  राई गाउँ गाविस–३ का ३७ वर्षीय बालकृष्ण राई रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले बाइबल, ल्यापटप र बाइबललाई छोप्न दिएको कपडा लगायत बरामद गरिएको जनाएको छ । विद्यालयमा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भन्दै विद्यार्थीहरुलाई जम्मा गरी उनीहरुले कथा शैलीमा बनाएको क्रिश्चियन धर्मको प्रचार सामाग्रीहरु समेत बाँडेका थिए । स्थानीयको उजुरीको आधारमा विहीबार साँझ छापा मारी पक्राउ गरिएको जनाएको छ । प्रहरीले धर्म प्रचारमा प्रयोग गरेको गाडीसमेत नियन्त्रणमा लिइएको छ ।

दुई निजी विद्यालयमा झण्डै आठ सय भन्दाबढी विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।  साना विद्यार्थीहरुलाई प्रयोग गरी जवरजस्ती धर्म परिवर्तन गराउन खोजेको भन्दै अभिभावकहरुले लामो समयदेखि प्रहरीलाई उजुरी गरिरहेका थिए । प्रहरीले प्रमाण फेला नपरेको भन्दै पक्राउ नगरेको जानकारी दिदै विहिबार सप्रमाण पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

पक्राउ परेकाहरु लाई मुलुकी ऐन महल–१९ को अदलको १ नम्वर बुँदा अनुसार अरुको तीन वर्षदेखि छ वर्षसम्मको कैद हुन सक्ने प्रहरीको भनाइ छ । उनीहरुलाई शुक्रबारै जिल्ला अदालत दोलखाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न लगाउने गरेको समेत प्रहरीले खुलासा गरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger