Headlines News :
Home » » अमेरिकालाई चीनको चेतावनी: हामी कसैसँग डराउँदैनौ...

अमेरिकालाई चीनको चेतावनी: हामी कसैसँग डराउँदैनौ...

Written By news on Sunday, 5 June 2016 | 23:34

सिंगापुर: विवादास्पद दक्षिण चीन सागरलाई लिएर चीनले अमेरिकालाई कडा चेतावनी दिएको छ । अमेरिकाको धम्कीको जबाफ दिँदै चीनले आफू कसैसँग नडराउने बताएको हो ।

चीनले आफु कुनै पनि ‘मुश्किल’ बाट नडराउने जनाउँदै चीनले कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको जबाफ अमेरिकालाई दिएको हो ।
चीनले लामो समयदेखि दक्षिण चीन सागरको १२ नटिकल माइलसम्मको इलाकामा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।
अमेरिकाले भने दक्षिण चीन सागरमा चीनले निरन्तर बढाइरहेको सैन्य सक्रियताको बिरोध गर्दै आएको छ ।
‘यस मामिलामा अन्य देशको भूमिका शान्ति भड्काउने र हिंसा फेलाउने खालको होइन रचनात्मक हुनुपर्छ’, चीनका एडमिरल सन जिआन्गुओले सिंगापुर में एक सुरक्षा सम्मेलनका क्रममा भने, ‘केही देश आफ्नो राष्ट्रिय स्वार्थका लागि दक्षिण चीन सागरको मुद्दामा विवाद बढाइराख्न लागेका छन् ।’
समाचार अनुसार एक दिनअघि अमेरिकन रक्षा सचिव एस्टन कार्टरले दक्षिण चीन सागरमा चीनको बढ्दो पूर्वाधार निर्माणलाई रोक्नका लागि चेतावनी दिएका थिए ।
कार्टरले फिलिपिन्सले दाबी गर्दै आएको समुद्री क्षेत्रमा चीनको बढ्दो हस्तक्षेपमाथि अमेरिका र अन्य सहयोग देशले तत्काल कारबाही थाल्नुपर्ने बताएका थिए ।
कार्टरले शनिबार चीनविरुद्ध कडा टिप्पणी गर्दै विवादित समुद्रीक्षेत्रमा चीनले सुरक्षाका नाममा पूर्वाधार बनाएर आफैंलाई खतरा निम्त्याइरहेको बताएका थिए ।
यसको जवाफमा चिनियाँ एडमिरलले आफूहरु कुनै किसिमको तनाव पैदा गर्नेतर्फ नरहेको बताएका छन् । उनले यो मामिलामा आफूहरुलाई कसैको डर नरहेको बताउँदै आफ्नो योजनामा अघि बढिरहने बताएका छन् ।
‘दक्षिण चीन सागरबारेमा चीनको पुरानो नीतिमा कुनै परिवर्तन नभएको म स्पष्ट पार्न चाहन्छु’, एडमिरल सन जिआन्गुओले भने, ‘हामी शान्तिपूर्णरुपमा संवादबाट यो विवादलाई टुंग्याउन चाहन्छौं । हामी अन्य देशहरुलाई दक्षिण चीन सागरमा शान्ति कायम गरिरहनका लागि सहयोगका लागि पनि आग्रह गर्दछौं ।’
चीनले गत अप्रिलमा पहिलो पटक दक्षिण चीन सागरमाथि बनाइएको कृत्रिम द्वीपमाथि लडाकू जहाज अवतरण गराएको थियो ।
अन्तर्राष्ट्रिय समुदायले भने चीनले यो द्वीपलाई आफ्ना फाइटरको बेस बनाउने हो कि भन्ने कुरामा चिन्ता व्यक्त गर्दै आएका छन् । अमेरिकाले चीनद्वारा दक्षिण चीन सागरमा निर्मित कृत्रिम द्वीपको निरन्तर विरोध गर्दै आएको छ ।
अमेरिकाले निगरानीका लागि त्यहाँ पटक पटक आफ्नो फाइटर विमान पठाइरहेको छ। यसैका कारण यी दुबै देश अहिले आमने सामने भएका छन् ।
चीनले दक्षिण चीन सागरमा करिब १२ नटिकल माइलसम्म आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यो इलाका दक्षिण चीन सागरमा चीनबाट निर्मित द्वीपकै आसपासमा रहेको छ ।
चीनका अलावा दक्षिण-पूर्व एशियाका देशहरु ताइवान, फिलिपिन्स, भियतनाम र मलेसियाले पनि यस इलाकामाथि दाबी गर्दै आएका छन् ।
अमेरिकालाई भने यो इलामा चिनियाँ फौजको सक्रियता बढ्ने कुराले पिरोलेको छ । त्यही कारण अमेरिका बारम्बार यो इलामा फाइटर जेटबाट गस्ती गराइरहन्छ ।
दक्षिण चीन सागरमुनि तेल र ग्यासको विशाल भण्डार रहेको छ। अमेरिकाका अनुसार यस इलाकामा २१३ अर्ब ब्यारल तेल ९०० ट्रिलियन क्यूबिक फिट प्राकृतिक ग्यासको भण्डार छ ।
यस समुद्री बाटोबाट हरेक वर्ष ७ ट्रिलियन डलरको ब्यापार हुने गरेको छ। चीनले सन् २०१३ को अन्तिममा खर्बौं डरलको परियोजना चलाएर पानीमा डुबेको क्षेत्रलाई उकासेर अहिले कृत्रिम द्वीप नै तयार गरेको छ ।
अन्तर्राष्ट्रिय कानुनले कुनै पनि देशलाई उनको समुद्री सीमाबाट १२ नटिकल माइलसम्म जाने अधिकार दिएको छ।  त्यसपछि अन्तर्राष्ट्रिय सीमाक्षेत्र सुरु हुन्छ । कुनै पनि देशले त्यो समुद्री क्षेत्रलाई आफ्नो दाबी गर्ने सक्दैन ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger