Headlines News :
Home » » आत्माहत्याको पीडा : मर्नेलाई भन्दा बाँच्नेलाई सास्ती ..

आत्माहत्याको पीडा : मर्नेलाई भन्दा बाँच्नेलाई सास्ती ..

Written By news on Saturday, 18 June 2016 | 22:45


इलामः इलाम साकफाराका एक शिक्षकले एक वर्षअघि विद्यालयमै झुण्डिएर आत्माहत्या गरे । उनको परिवारले अहिले सम्म त्यसको मानसिक क्षतिलाई पूर्ति गर्न सकेको छैन । सुर्योदय नगरपालिकाका आइतबारेका अर्का अभिभावकले पाँच वर्षअघि कलेज पढ्दै गरेको छोरा गुमाएको चोट अहिले पनि आलै रहेको गुनाासो गरे ।

बाहिरबाट हेर्दा सुन्दर देखिने गरेको इलाममा मौलाएको यस्तो प्रवृत्तिले आत्माहत्या गर्नेलाई भन्दा आत्माहत्या भोग्ने परिवारलाई सोक र लान्छानाको कारण पीडित बनाइरहेको छ ।
इलाममा कलेज पढ्ने युवतीदेखि उनलाई पढाउने शिक्षकसमेतले आत्माहत्या गर्न थालेपछि यो सामाजिक समस्याको रुपमा देखा पर्न थालेको छ ।

पछिल्लो छ महिनामा मात्र इलामका ६९ जनाले आत्महत्या गरेका छन् । विभिन्न बहानामा आत्महत्या गर्ने भन्दा पनि आत्महत्या गरेपछि पीडित परिवारमा लाग्ने लान्छना र सामाजिक दृष्टिकोणका कारण झन पीडित हुने गरेको इलाम सदरमुकमकी एक पीडित अभिभावकले बताइन् । ‘जिउदै मार्दोरहेछ समाजले छ’, उनले भनिन् । प्रहरीका अनुसार यो अवधिमा २२ महिला ४५ पुरुष र १-१ जना बालबालिकाले आत्माहत्या गरेका छन् ।
आर्थिक बर्ष २०७१÷७२ मा ९७ जनाले आत्महत्या गरेका थिए । इनसेक इलामकी प्रतिनिधि कोकिला ढकालका अनुसार सन् २०१६ सुरु भएयता इलाममा आत्माहत्याका घटनाको स्थिति अझ भयावह छ ।
उनले भनिन्, ‘वैदेशिक रोजगारी, पारिवारिक तथा सामाजिक बेमेल, मानसिक तनावपछि आत्महत्याको अवस्थाले इलाममा जरा गाडेको पाइएको छ ।’ सानातिना झै–झगडा, विवाद, आर्थिक, सामाजिक, सांस्कृतिक सबै पक्षबाट हेर्दा धनी, गरिब जुनसुकै समुदायमा बालकदेखि वृद्धसम्म आत्महत्याबाट टाढा भएको अवस्था देखिँदैन ।

आर्थिक वर्ष २०७०/७१ मा ५० जनाले आत्महत्या गरेका थिए । निरासा र सनकको कारण अधिकांशले आत्माहत्या गर्ने गरेको अनुसन्धानमा खटिएका प्रहरीहरुको अनुभव छ । अघिल्लो वर्ष ४२ जनाले आत्माहत्या गरेका थिए । प्रहरीका अनुसार इलाममा २०६१ साल देखि आत्माहत्या गर्ने क्र
२०५६ सालदेखि आत्महत्याको दर उच्च बनेको इलाममा दोस्रो जनआन्दोलनपछि पचास प्रतिशतको हाराहारीमा घटेको थियो । २०६३/२०६४मा इलाममा ३५ जनाले आत्माहत्या गरेका थिए भने २०६७/०६८ मा १५ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

असफलता, निराशा, नकारात्मक सोच, मानसिक, असन्तुलन, शारीरिक असन्तुलन, आर्थिक असमानता र सामाजिक वातावरणको कारण बढेको भनिएको आत्महत्या पछिल्लो समयमा घटेपनि तीन वर्ष यता बढेको हो ।
इलाममा ६७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिलाले आत्माहत्या गरेको एक अध्यायनले देखाएको छ । प्रहरीका अनुसार २०६६÷२०६७ मा १२ जनाले आत्माहत्या गरेका थिए । २०६५/२०६६ मा २० जनाले आत्माहत्या गरेका थिए भने २०६४÷२०६५ मा ३४ जनाले आत्माहत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
इलाममा २०५० सालमा १९ जनाले आत्माहत्या गरेका थिए । त्यो क्रम २०६० सालमा आईपुग्दा बढेर ६१ जनामा पुग्यो ।

युनिभर्सिटी अफ सिकागोका इन्टनर मेडिसिन फिजिसियन डा. एलेक्स लिकरम्यानका अनुसार डिप्रेसन, गम्भीर मानसिक रोग, मदिरा र लागूऔषध प्रयोग र अप्ठ्यारोमा परेका बेला अपेक्षा गरेको मान्छेबाट सहयोग नपाउँदा आत्माहत्या गर्ने क्रम बढ्ने गर्दछ ।
उनका अनुसार मृत्युप्रतिको सम्मोहन र गम्भीर अपराधबोधका कारण समेत आत्महत्या गर्ने बढ्ने गरेका छन् ।
अग्रज पत्रकार धर्म गौतम यो मानसिक समसया भएकाले परामर्श र उपचारबाटै यसको रोकथाम गर्नुपर्ने बताउँछन् । सरकारले भने जिल्ला सवास्थ कार्यालयमार्फत आत्महत्याबारे सचेतना जगाउन १३ हजार रुपयाँ विनियोजन गरेको कार्यालय प्रमुख राजकुमार पोख्रेलले जानकारी दिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger