Headlines News :
Home » » ​प्रचण्डले भने-‘करिश्मालाई मन पराउने म हैन, बाबुराम हुन्..

​प्रचण्डले भने-‘करिश्मालाई मन पराउने म हैन, बाबुराम हुन्..

Written By news on Thursday, 30 June 2016 | 23:57

१७ असार, काठमाडौं ।
जतिबेला जनयुद्ध नेपालमा चर्किरहेको थियो, तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नायिका करिश्मा मानन्धर मन पर्छ भनेर मिडियामा अन्तरवार्ता दिए । प्रचण्डले यति भनेपछि उनको यो भनाइ भाइरल नै भयो । प्रचण्ड करिश्मालाई मन पराउँछन् जस्ता कुराहरुले आज पनि स्थान पाइरहेका छन् । तर, काठमाण्डौमा अाज साेमबार आयोजित एक कार्यक्रममा एमाओवादीका अध्यक्ष प्रचण्डले ठट्यौली शैलीमा यो कुरा स्मरण गरेका छन् ।

 उनले भने-‘मेरो बारेमा एउटा कुरा आयो,
 मैले करिश्मालाई मन पराउँछु भनेर । त्यो साँचो कुरा थिएन । तर, मिडियामा आएपछि आएको आयै नै हुने रहेछ ।’ एमाओवादीको काठमाण्डौ जिल्ला समितिद्वारा आयोजित ‘कार्यकर्ता प्रशिक्षण भेला’मा निकै ठट्यौली शैलीमा प्रस्तुत भएका अध्यक्ष प्रचण्डले भने-‘होइन भन्दा नि नपत्याउने के फेरि ! अहिले त सबैले देखे नि बाबुराम पो र’छन् त भनेर ।’ प्रचण्डले यो कुरा ठट्टामा भन्न खोजे पनि यसमा गहिरो मर्म रहेको बताए । एमाओवादी छाडेर डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति स्थापना गरेपछि नायिका करिश्मा मानन्धर पनि अहिले यसमै लागेकी छिन् । सायद, यसैले पनि प्रचण्डले करिश्मालाई आफूसँग जोडेर आएका समाचार र गसिपलाई खण्डन गर्ने राम्रै अवसर छाेपेका हुन् । बाबुराम ‘राष्ट्रद्रोही’ एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईमाथि ‘राष्ट्रद्रोही’ को संगीन आरोप लगाएका छन् । बाबुरामको दिन फर्कियो भने देश खतरनाक ठाउँमा पुग्ने प्रचण्डको विश्लेषण छ । भारतमा जेएनयू विवादसँगै देशद्रोही र देशभक्तको चर्को बहस भइरहेका बेला प्रचण्डले जेएनयूकै पूर्वविद्यार्थी समेत रहेका भट्टराईमाथि ‘राष्ट्रद्रोही’को आरोप लगाएका हुन् । काठमाडौंका एमाओवादी अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता बाबुरामको दिन आए देश खतरनाक ठाउँमा पुग्ने बताए । मार्क्सवाद र माओ विचारधाराका कारण बाबुराम भट्टराई बनेको भन्दै उनले भने, ‘तर, अहिले आएर उहाँले आफूलाई राष्ट्रद्रोहीमा दर्ता गर्नु भो ।’ देश नाकाबन्दीजस्तो अप्ठ्यारो अवस्थाबाट गुजि्ररहेका बेला बाबुरामले पार्टी छाड्नु ‘बुढेसकालमा अर्कैसँग लाग्नु’जस्तै भएको उनले बताए । पीएचडी सबैले गर्छन् भन्दै प्रचण्डले पूर्वसहकर्मी भट्टराईको ‘बुद्धि नै रहेनछ’ भनेर टिप्पणी गरे । आफूलाई अहिले पनि बाबुरामको माया लाग्ने भन्दै प्रचण्डले उनी पार्टीमा र्फकने बताए । उनले भने, ‘यदि फर्कनुभएन र उहाँको दिन फर्कियो भने देश खतरनाक ठाउँमा पुग्छ ।

’टोक्यो नेपाल बाट साभार !

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger