Headlines News :
Home » » नाबालिकालाई कमिलाले खाइरहे, आमाबाबु रोइरहे..

नाबालिकालाई कमिलाले खाइरहे, आमाबाबु रोइरहे..

Written By news on Tuesday, 7 June 2016 | 04:24

यो घटनालाई लापरबाही र मानवीयता समाप्त हुने संकेतकारुपमा बुझ्दा फरक नपर्ला । भारतको इन्दौरस्थित जिल्ला अस्पतालमा सुई लगाएको तीनपछि नवजात बालिका शिशुको ज्यान गएको छ ।

बालिका शिशुको ज्यान गएपछि पोस्टमार्टम गर्ने विषयलाई लिएर डाक्टरहरु एकअर्कालाई जिम्मेवारी बोकाउने प्रयासमा लागिरहे । तबसम्म जिल्ला अस्पतालको शवगृहमा बालिकाको शवलाई कमिलाको समूहले खाइरह्यो ।
शिशुका बाबुआमा छोरीको पोष्टमार्टम चाँडो भन्दा चाँडो गराउन रोइकराइ गरिरहे । तर, डाक्टरहरुले उनीहरुको अनुनयबिनय सुन्दै सुनेनन् ।

जब उनीहरुले अस्पतालमा आन्दोलन थाले, तबमात्रै शिशुको शव पोस्टमार्टमका लागि मध्यप्रदेश यशवन्त राव अस्पतालमा पठाइयो ।

मध्येप्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल एमवाय अस्पतालमा लापरवाहीबाट दुई बच्चाको ज्यान गएको १० दिन नबित्दै जिल्ला अस्पातलमा पनि शिशुको ज्यान गएको हो ।

यहाँ तीन दिनअघि जन्मेकी बालिका शिशुलाई सुई हानेलगत्तै कडा ज्वरो आएपछि उनले सोमबार ज्यान गुमाएकी थिइन् ।

शिशुको मृत्यु भएको खबर पाएलगत्तै उनका परिवारले हंगामा गरेका थिए ।अभिभावकहरुले चिकित्सकको लापरबाहीले शिशुको ज्यान गएको आरोप लगाएका छन् । शिशुलाई ज्वरो आउँदा नर्सहरुले बेवास्ता गरेको उनीहरुले गुनासो गरेका छन् ।

विवाद यतिमै सकिएन । शिशुको शवको पोष्टमार्टमलाई लिए अस्पताल प्रशासन र परिवारजन आमनेसामने भए।

त्यहाँका डाक्टरहरुले ठूलो अस्पतालमा लगेर पोस्टमार्टम गराउन दबाब दिएका थिए । जबकि शिशुका पिताले जहाँ मृत्यु भएको हो त्यहीं पोस्टमार्टम गर्ने अडान लिएका थिए ।

यही विवाद लम्बिँदै गएर बिहानदेखि बेलुका भयो । अन्तिममा शिशुको पोष्टर्माटम मध्येप्रदेशकै ठूलो अस्पतालमा मध्यप्रदेश यशवन्त राव अस्पतालमा लगेर गरियो ।

मध्यप्रदेशको इन्दौरस्थित सिरपुर राम बलराम नगर निवासी सुरेश बघेलकी पत्नी संगीताले शुक्रवार जिल्ला अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । उनकी छोरी सामान्य तरिकाबाट जन्मिएकी थिइन्
पिताका अनुसार शनिबार छोरीलाई सुई हानिएको थियो । त्यसपछि उनको शरीर तातो हुन थाल्यो । 'हामीले छोरीको अवस्थाबारे नर्सलाई पटक पटक हेर्न भन्यौं', बाबुले भने, 'तर कसैले पनि ध्यान दिएनन् ।
आइतबार पनि आफूले छोरीको अवस्थाबारे पटक पटक चिकित्सक नर्सलाई भन्दा पनि बेवास्ता गरिएको उनको दुखेसो छ ।

तर अस्पतालका कर्मचारीले डाक्टार सा'ब नआउने सूचना दिँदै टारेका थिए । सोमबारमात्रै आएर डाक्टरले बालिकालाई जाँच्ने बताउँदै ज्वरो आउनुलाई उनीहरुले सामान्य बताएका थिए ।

शिशुको ज्यान गएपछि अस्पतालका कर्मचारीले एम्बुलेन्स नभएको भन्दै अटो रिक्सामा राखेर शव जिम्मा दिएका थिए । परिवारजन एमवाय अस्पतालमा त पुगे तर त्यहाँ पनि कागजपत्र मिलाउँदा साँझको पाँच बज्यो ।

आइतबार आफूले सुई हानिदिएपछि शिशुमा सामान्य ज्वरो आएको जिल्ला अस्पताल इन्दौरका चिकित्सक हेमन्त द्विवेदीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले सुई हानेपछि राति १२ आमाले दूध पिलाएको बताए । सोमवार बिहानै परिवारजनले शिशुले हलचल नगरेको खबर चिकित्सकलाई दिएका थिए ।

ती चिकित्सकले भने सूचना पाउनेबित्तिकै आफू अस्पताल पुगेको दाबी गरेका छन् । शुरुमा शिशुलाई आमाको दूध उनको छातीमा गएका कारण समस्या भएको अनुमान गरिएको उनले बताए ।

उनले शिशुको शव ठूलो अस्पतालमा पठाउनुको कारण परिवारजनमा शंका नरहोस भन्नाका लागि भएको बताए ।

बालिकालाई सामान्य सुई लगाइएको थियो । शिशु रोग विशेषज्ञ डा. हेमन्त द्विवेदीले जाँच गरेका थिए । उनलाई सामान्य ज्वरो आएको थियो । तर बालिका शिशुको मृत्यु के कारणले भयो भन्ने उत्तर उनका बाबुआमालाई चिकित्सकले दिन असफल भएका छन् ।

इन्दौरका कलेक्टर पी नरहरले चिकित्सक र नर्सको लापरबाही यसरी शिशुको मृत्यु हुनु गम्भीर घटना भएको बताउँदै उपचारमा लापरबाही र शवसँग खेलबाड गरिनु एकदमै चिन्ताजनक अवस्था भएको उल्लेख गरे । उनले दोषीमाथि कडा कारबाही गरिने बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger