Headlines News :
Home » » नामबाट थाहा प्राप्त गर्नुहोस् तपाईको प्रेम सम्बन्ध कस्तो…

नामबाट थाहा प्राप्त गर्नुहोस् तपाईको प्रेम सम्बन्ध कस्तो…

Written By news on Thursday, 16 June 2016 | 02:21


सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । आप्mनो नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध कुन स्त्री या पुरुष सँग कस्तो रहन्छ ।

१.मेष राशि
जुन मान्छेको राशी मेष हो उसको लागि मेष, सिंह या धनु राशी हुने हरु सबैभन्दा राम्रो हुनेछन् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम रहन्छ । मेष राशी हुने मानिसको लागि कुम्भ, तुला या मिथुन राशी हुने साथी सामान्य रहन्छन् । यीनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । वृष, कन्या या मकर राशी हुने मानिसकासँग मेष राशीको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मेष राशी हुने मानिसको लागि वृश्चिक, मीन या कर्कट राशीका साथी उत्तम मानिँदैन । यीनीहरुका बीचको प्रेम सम्बन्ध सफलहुने सम्भावना एकदम कम
हुन्छ ।

२.वृष राशि
वृष राशी हुने मानिसको लागि वृष, कन्या या मकर राशीका साथी श्रेष्ठ हुन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशी वृष हो र उ कर्कट, वृश्चिक या मीन राशीका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जो मानिसको राशी वृष हो उनको लागि मेष, सिंह, या धनु राशीका व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । वृष राशीका लागि मिथुन, तुला या कुम्भ राशी हुनेहरूका साथ जोडी राम्रो मानिदैन ।

३.मिथुन राशि
मिथुन राशीका मानिसका लागि मिथुन,तुला या कुम्भ राशीका साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशी मिथुन हो र उ मेष, धनु या सिंह राशीका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ । जुन मानिसको राशी मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशीको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशीका लागि वृष, कन्या या मकर राशीसँग जोडी राम्रो मानिदैन ।

४.धनु राशि
धनु राशी हुने मानिसको लागि मेष, सिंह या धनु राशीका साथी उत्तम मानिन्छ । यिनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशी धनु हो र उ मिथुन, तुला या कुम्भ राशीका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशी धनु हो उसको लागि वृष, कन्या या मकर राशीको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशीका लागि कर्कट, वृश्चिक या मीन राशी हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।

५.कर्कट राशि
जुन मानिसको राशी कर्कट हो उनको लागि कर्कट, वृश्चिक या मीन राशीको साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध उत्तम मानिन्छ । कर्कट राशीका मानिसका लागि वृष, कन्या या मकर राशीका साथी सामान्य हुन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ राशीका मानिससँग कर्कट राशीको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । कर्कट राशीका मानिसका लागि मेष, सिंह या धनु राशी हुनेहरु त्यति राम्रो मानिदैनन् । यिनीहरुको प्रेम प्रसंगको सफलताको सम्भावना पनि एकदमै कम हुन्छ ।

६.सिंह राशि
सिंह राशीका मानिसका लागि मेष, सिंह या धनु राशीका साथी उत्तम हुन्छ । यिनका बीचको प्रेम सम्बन्ध सफल हुन्छ । यदि कुनै व्यक्तिको राशी सिंह हो र उ मिथुन,तुला या कुम्भ राशीका साथीसँग मित्रता राख्न चाहन्छ भने यो जोडी सामान्य रहने छ । जनु मानिसको राशी सिंह हो, उसको लागि वृष, कन्या या मकर राशी के व्यक्तिका साथ प्रेम सम्बन्ध हुने सम्भावना ५०–५० हुन्छ । सिंह राशीका लागि कर्कट, वृश्चिक या मीन राशीसंगको जोडी त्यती राम्रो हुँदैन ।

७ .कन्या राशि
जुन मानिसको राशी कन्या हो त्यो मानिसका लागि वृष, कन्या या मकर राशीका साथी उत्तम मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । कन्या राशीका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशीका साथी सामान्य मानिन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मेष, सिंह र धनु राशीका मानिसका साथ कन्या राशीका प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । कर्कट राशीका मानिसका लागि मिथुन, तुला या कुम्भ राशीकासँगको मित्रता त्यति राम्रो मानिदैन । यिनीहरुको बीचको प्रेम सम्बन्ध पनि निकै कम हुन्छ ।

८.तुला राशि
तुला राशीका मानिसका लागि मिथुन तुला या कुम्भ राशीका साथी सबैभन्दा उत्तम मानिन्छ्न् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम हुन्छ । यदी कुनै व्यक्तिका राशी तुला हो र उ मेष, सिंह या धनु राशीका साथी छनौट गर्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशी तुला हो उनको लागि कर्कट, वृश्चिक या मीन राशीका व्यक्तिसँग प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । तुला राशीका लागि वृष, कन्या या मकर राशीका साथ जोडी बन्नु बनाउनु त्यति राम्रो हुँदैन ।

९.वृश्चिक राशि
जुन मानिसको राशी वृश्चिक हो ति मानिसका लागि कर्कट, वृश्चिक या मीन राशीका साथी उत्तम मानिन्छन् । यिनको प्रेम सम्बन्ध सफल रहन्छ । वृश्चिक राशीका मानिसका लागि वृष, कन्या या मकर राशीका साथी सामान्य रहन्छ । यिनको प्रेमसम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन,तुला या कुम्भ राशीका मानिसका साथ कन्या राशीका प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । वृश्चिक राशीका मानिसका लागि मेष, सिंह या धनु राशीसँगको मित्रता राम्रो हुँदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलता पनि कमै संभावना हुृन्छ ।

१०.मकर राशि
जुन मानिसको राशी मकर हो ती मानिसका लाथि वृष, कन्या या मकर राशीका साथी सबैभन्दा राम्रो मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । मकर राशीका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशीका साथी सामान्य रहन्छन् । यिनीहरुको प्रेम सम्बन्ध आपसी तालमेलमा निर्भर रहन्छ । मेष, सिंह या धनु राशी का मानिसका साथ सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मकर राशीका मानिसक लागि मिथुन, तुला या कुम्भ राशी सँगकोे सम्बन्ध राम्रो मानिदैन । प्रेम सम्बन्धको सफलता पनि एकदमै कम हुन्छ ।

११.कुंभ राशि
कुम्भ राशी भएका मानिसका लागि मिथुन, तुला या कुम्भ राशीका साथी उत्तम मानिन्छन । यिनीहरूका बीचको प्रेम सम्बन्ध राम्रो हुन्छ । यदी कुनै व्यक्तिको राशी कुम्भ हो भने मेष, सिंह या धनु राशीका साथी छनौट गरे यी साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशी कुम्भ हो उनको लागि कर्कट वृश्चिक या मीन राशीका व्यक्तिका साथ प्रेमसम्बन्ध सफल हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ । कुम्भ राशीका लागि वृष, कन्या या मकर राशी हुनेहहरुको सम्बन्ध राम्रो मानिएको छैन ।

१२.मीन राशि
जुन मानिसको राशी मीन हो उसको लागि कर्कट, वृश्चिक या मीन राशीका साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तम हुन्छ । मीन राशीका मानीसका लागि वृष, कन्या या मकर राशीका साथी सामान्य हुन्छ । यिनीहरुको प्रेम प्रसंग आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन,तुला र कुम्भ राशीका मानिसका साथ मीन राशीको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० हुन्छ । मीन राशीका मानिसका लागि मेष, सिंह या धनु राशीका साथी त्यति उत्तम मानिदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलताको सम्भावना एकदमै कम हुन्छ ।

प्रकाशित मिति: बिहिबार, असार २, २०७३ समय: १३:५०:३३


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger