|
|
क्यालिफोर्नियाको पासाडेनास्थित रोज बोलमा भएको खेलमा कोलम्बियाको लागि कार्लोस बाक्का र जेम्स रोड्रिग्वेजले गोल गरेका हुन् । खेलको १२ औं मिनेमा हेडमार्फत बाक्काले कोलम्बियालाई अग्रता दिलाएका थिए ।
३० औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै अग्रता दोब्बर पारे । पाराग्वेको लागि भिक्टर आयलाले एक गोल गरे । खेलको ८१ औं मिनेटमा ओस्कार रोमेरो रातो कार्ड पाएर बाहिरिएपछि पाराग्वे खेलमा फर्किन सकेन ।
त्यसैगरी अर्को खेलमा अमेरिकाले कोष्टारिकालाई ४–० गोल अन्तरले हराएको छ ।
|
|
Post a Comment