Headlines News :
Home » » मान्छे किन रुन्छ तपाइँलाई थाहा छ ?

मान्छे किन रुन्छ तपाइँलाई थाहा छ ?

Written By news on Monday, 20 June 2016 | 23:00


तपाइँ किन रुनुहुन्छ, तपाइँलाई थाहा छ ? चाहे कम रुनुस् वा बढि रुनुस् तर एक न एक दिन रोएकै हुनुहुन्छ । कति मानिस कुरैकुरामा रुन्छन् भने कति मानिस फिल्म हेर्दा समेत आँशु चुहाउँछन् । साँच्चीकै असह्य पीडा खप्न परेर धुरुधुरु रुनेहरु पनि प्रसस्तै हुन्छन् ।

सबैका रुने कारणहरु अलग अलग हुनसक्छन् । उसोभए तपाइँ कस्तो खाले रुवाइको श्रेणीमा पर्नुहुन्छ त ? आखिर मानिसको आँखामा रुँदा किन आँशु आउँछ त ? धेरै फिल्म हुन्छन् जो मानिसहरुलाई रुवाउनकै लागि बनाइएका जस्ता लाग्छन् । आमरुपमा महिलाहरु रुने कुरालाई सामान्य रुपमै लिइन्छ ।
 तर पुरुषहरु रुनु हुँदैन भन्ने मान्यता राखिन्छ । पुरुषहरु रोएको कुरालाई नराम्रो मानिछ र यस्ता पुरुषलाई कातर भनिन्छ । तर दुनियामा अधिकांस पुरुषहरु पुरुष हुनुका बाबजुत पनि मज्जाले रुन्छन् महिलाझैँ । तर समग्रमा महिलाको तुलनामा पुरुषहरु कम रुन्छन् ।

 पुरुषहरु कम रुनुको कारण के हो त रुनुका फाइदा के के छन् ? आखिर मानिस किन रुन्छ ? यी प्रश्नहरु निकै उत्सुकताले भरिएका छन् । मनोविज्ञ विलियम फ्रेले सन् १९८२ मा गरेको एक अनुसन्धान अनुसार महिलाहरु औषतमा महिनामा ५ भन्दा बढि पटक रुन्छन् ।

तर पुरुषहरु भने महिनामा औषतमा डेढ पटक भन्दा बढि रुँदैनन् । महिलाहरु एक पटकमा रुँदा ५ देखि ६ मिनेटसम्म रुन्छन् भने पुरुषहरुले रुनका लागि एक पटकमा दुइ देखि ३ मिनेट खर्चिन्छन् । नेदरल्याण्डका मनोवैज्ञानिक एड विंगरहोएट्सले रुने विषयमा निकै धेरै अनुसन्धान गरे । उनका अनुसार रुवाइका विषयमा महिला र पुरुषबीचको यस्तो फरकपना बचपनदेखि नै आएको हुन्छ । crying_tearबच्चा जन्मिनेबेला चाहे त्यो छोरा होस् वा छोरी ऊ बराबर नै रुन्छ ।

विज्ञहरुका अनुसार नवजात बच्चा रुनुको कारण आमालाई आफुतर्फ ध्यान केन्द्रित गराउनु हो । जन्मिनेबेला उत्तिकै रुने महिला र पुरुषहरु किन उमेर बढ्दै जाँदा धेरै र थोरै रुन्छन् त ? यसमा समाजको फरक फरक माहोलको पनि हात हुन्छ । रुने कुरालाई खराब नमान्ने देशका मानिसहरु खुबै रुन्छन् ।
रुने कुरालाई नराम्रो मानिने देशका मानिसहरु पनि कम रुने गरेको पाइएको छ । अझ विंगरहोएट्सको अध्ययनले अर्को रोचक कुरा के पत्ता लगायो भन्दा गरीब भन्दा धनी देशका मानिसहरु बढि रुनेे गर्छन् । समाजको चरित्र मात्र होइन मानिसको रुने आनीबानीमा टेस्टेस्टेरोन नामक हर्मोनको सबैभन्दा ठूलो हात हुन्छ । प्रोस्टेट क्यान्सर भएर उपचार गराइरहेका मानिसहरु बढि रुने गर्छन् ।

 यसको कारण के भने प्रोस्टेट क्यान्सर भएका मानिसहरुको उपचारमा प्रयोग गरिने औषधिका कारण मानिसमा टेस्टेस्टेरोन हर्मोनको उत्सर्जन कम हुन्छ । यो हर्मोनको कमीले मानिस बढि रुन्चे बन्दछ । जीवहरुमा मानिसमात्र यस्तो जीव हो जो इमोसनल बनेर रुन्छ अर्थात् दुख मानेर रुन्छ ।

 पहिले हात्ती पनि मानिसझैँ इमोसनल भएर रुने मान्यता थियो । तर अहिलेसम्म यो कुराको कुनै वैज्ञानिक प्रमाण फेला परेको छैन । मानिसहरु केवल दुखमा मात्र होइन कहिलेकाहीँ बढि खुसीमा समेत इमोसनल बनेर रुने गर्छ । सायद यस्तो चरित्र अरु कुनैपनि जिवमा हुँदैन ।
 कतिपय मानिसको मान्यता के छ भने मानिस सामाजिक प्राणी हुनुका नाताले उसले कतिपय अवस्थामा रोएरै आफ्नो अनुभुति अभिव्यक्त गर्दछ ।

 तर यो दाबीको पनि कुनै बलियो प्रमाण भेटिएको छैन । विभिन्न अध्ययनका विभिन्न खाले दाबी तथा निष्कर्ष भएपनि अहिलेसम्मको साझा तथ्य के हो भने रुनुको रहस्य अहिलेसम्म पनि रहस्यमै छ । आखिर मानिस किन रुन्छ? यो कुराको गुह्य पत्ता लगाउन अझैपनि अध्ययनको खाँचो छ । सायद त्यसपछि मात्र हामीले रुनुको कारण थाहा पाउनेछौँ । तर कारण थाहा नहुन्जेल चाहेको बेला मज्जाले रुनुस् ।
रुनाले तपाइँको मन पखालिन्छ र हलुका अनुभुति हुन्छ । तर जहाँ पायो त्यहीँ र स सानो कुरामा पनि कमजोर बनेर पिच्च रुने काम चाहीँ जाति होइन है ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger