|
|
काठमाडौं, जेठ २१ । व्यवस्थापिका–संसदको अर्थ समितिले एनसेलको पुँजी बृद्धि र व्यवसाय विस्तार रोक्न निर्देशन दिएको छ । शुक्रबार विहान सिंहदरबारमा बसेको समितिको बैठकले एनसेलको सेयर बिक्रीमा लाग्ने पुँजीगत कर र लाभ कर असुल उपरगरी समितितलाई जानकारी गराउन अर्थ मन्त्रालययलाई निर्देशन पनि दिएको छ ।
यस्तै, एनसेलले सरकारलाई तिर्नुपर्ने सबै कर नतिर्दासम्म पुँजी बृद्धि गर्न तथा व्यवसाय विस्तारका सबै कार्यहरु रोक्न समितिले उद्योग मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।
यसैगरी, समितिले पुरानो कारोबारमा कर असुल उपर नगराउने कर्मचारी तथा सम्बन्धित निकायमाथि छानविन गरि कारबाहीको दायरामा ल्याउन सरकालाई निर्देशन दिएको छ ।
समितिमा एनसेलका प्रबन्ध निर्देशक सिमोन पार्किसलाई बोलाएर सांसदहरुले छलफल गरेका थिए । त्यसैगरी, समितिले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा, राजश्व सचिव राजन खनाल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, सञ्चार सचिव दिनेश थपलिया लगायतलाई बोलाएर एनसेलका विषयमा छलफल गरेका थिए ।
|
|
Post a Comment