Headlines News :
Home » » कर्मचारीमा स्पष्टता र सक्रियता हुनु पर्छ : प्रधानमन्त्री ओली

कर्मचारीमा स्पष्टता र सक्रियता हुनु पर्छ : प्रधानमन्त्री ओली

Written By news on Friday, 3 June 2016 | 04:37


अरु त के आफ्नै पार्टीले बुझ्दैन
काठमाडौँ : प्रधानमन्त्रीकेपी शर्मा ओलीले वर्तमान सरकारले धेरैले नसोचेको काम गरेर देखाउने बताएका छन् । सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको शक्रबार उद्घाटन गर्दै उनले वर्तमान सरकार भूकम्प, नाकाबन्दी विभिन्न कठिनाइका बाबजुद पनि कर्मचारीको तलब २५ प्रतिशत बढाएर जिउँदा सरकारको अनुभूत गराएको बताए ।

राष्ट्रसेवक कर्मचारीमा स्पष्टता र सक्रियता हुनुपर्नेमा जोड दिँदै उनले कर्मचारीका समस्या समाधानमा सरकार प्रयत्नशील भएको हुनाले मुलुक सङ्कटका बीचमा पनि कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरेको बताए । प्रधानमन्त्री ओलीले देश विकास गर्नका लागि आफूले देखेको सपना नभएर विकासका योजना भएको र त्यो सपना पूरा गरेर देखाउने दाबी गरे ।

सरकार नयाँ ढङ्गले तीव्रताका साथ काम गर्ने तयारीमा लागिरहेको भए पनि १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही जटिलता भएको भन्दै उनले थपे – “सरकारले नयाँ ढङ्गले काम गरिरहेको छ भन्नेबारे बुझ्न गाह्रो छ, अरु त के आफ्नै पार्टीले बुझ्दैन ।”

प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि तुइनबाट यात्रा गर्दा झरेर मान्छेहरु मर्ने भएकाले आगामी २०७४ भदौसम्म तुइन विस्थापन गर्ने गरी काम अघि बढाएको बताए । प्रधानमन्त्री ओलीले नेपालका कर्मचारीहरुको ढिला हिँड्ने बानी भएको भन्दै आज अल्छी लाग्यो भोलि काम गर्ने भन्दै सार्ने, जनताका फाइल घुमाइरहने जस्तो काम नगरी जनताको सेवामा लागिरहन आग्रह गरे।

सङ्गठनका अध्यक्ष कृष्णमान श्रेष्ठले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीको भावना बुझेर २५ प्रतिशत तलब वृद्धिले कर्मचारीलाई निकै उत्साहित बनाएको र कर्मचारीभित्रका विकृति हटाएर क्रियाशील रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ । रासस


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger