|
|
जाजरकोट, ७ असार ।
भेरीगंगा नगरपालिका वडा नं. ३ सानोजात्रीमा महिलाको घाँटी रेटेर हत्या भएको छ । २८ बर्षिया धनसरा कुमाल मगरको घाँटी रेटि हत्या भएको बताइएको छ ।
माइलीमा आफन्त सहित सुतेकी धनसरालाई सुतेकै अवस्थामा घाँटी रेटिहत्या भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । एकै ठाँउमा २ छोरी र १ छोरा, भाउजु, बहिनी, भदैसंगै सुतेको अवस्थामा घाँटी रेटी हत्या भएको प्रहरीले जनाएका छन् । राती मंगलबार विहान ३ बजे मात्रैसंगै सुतेका अन्य आफन्तले थाहा पाएका थिए । थाहा पाए लगत्तै गाउँलेले, प्रहरीलाई खबर गरेका थिए । रातीनै प्रहरी निरिक्षक जैसिंह विष्ट नेतृत्वको प्रहरी टोली घटना स्थल पुगेको थियो ।
प्रहरीका अनुसार केही दिनदेखि श्रीमानसँग झगडा भएको, पटक पटक फोनबाट श्रीमानले धम्काउने गरेको मृतकका आफ्न्तले बताएका छन् । श्रीमान् विरबहादुर कुमार फरार रहेका छन् भने प्रहरीले घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
|
|
Post a Comment