Headlines News :
Home » » के तपाई उत्तरतिर शिरानी गरेर सुत्नुहुन्छ?

के तपाई उत्तरतिर शिरानी गरेर सुत्नुहुन्छ?

Written By news on Friday, 10 June 2016 | 20:17

के तपाई उत्तरतिर शिरानी गरेर सुत्नुहुन्छ????? यदी सुत्नुहुन्छ भने आजै देखि छाड्नुहोस् (जानकारीको लागी पुरा पद्नुहोस )
एजेन्सी । सम्भवत हाम्रा अभिभावले हामीलाई उत्तरतर्फ शिरान गरेर नसुत्न सुझाब दिने गर्छन् । अन्धविश्वासी धारणा भन्दै कतिपयले यसलाई खासै पालना गर्दैनन् । तर यसका पछाडि वैज्ञानिक कारण पनि रहेका छन् ।

शरिर यसरी डिजाइन भएको हुन्छ

मानिसको मुटु शरिरको आधा भाग भन्दा माथि रहेको हुन्छ । यो शरिरको तीन चौथाई भागमा हुन्छ । शरिरको माथिल्लो भागमा रगत पम्प गर्न तल भन्दा गाह्रो हुन्छ । शरिरको माथिल्लो भागमा रगत पुयाउने रक्त धमनी तल जाने भन्दा बढी व्यबस्थित हुन्छन् । जब यी धमनी दिमागमा पुग्छन्, उनीहरु कपालको रौ जत्रो हुन्छ । जसका कारण उनीहरुले एउटा थोपा बढी रगत लैजान सक्दैनन् । यदि एउटा बढी थोपा पम्प भयो भने नली नै पड्किने र ह्यामोरेज हुन्छ ।

उत्तरतर्फ टाउको राख्दा के हुन्छ ?

यदि तपाईमा एनिमिया लगायतका रगतसँग सम्बन्धित समस्या छ भने चिकित्सकले आइरन खान सुझाब दिन्छन् । रगतमा यो एउटा महत्वपूर्ण तत्व हो । त्यस्तै, पृथ्वीमा चुम्बकले धेरै काम गरेको हुन्छ । पृथ्वीको आफ्नै चुम्बकीय शक्ति हुन्छ । जब सुत्दाखेरी शरिरकलाई तेस्र्याइन्छ मुटुको धड्कनको दर घटेको महशुस हुन्छ । उठ्दा जस्तै सुत्दा पनि रगत पम्प हुने हो भने दिमागमा धेरै रगत पुगेर विभिन्न असर गर्न सक्छ । तर, सुत्दा खेरी शरिर आफैले रगत प्रवाहको मात्रा निर्धारण गर्छ । तपाईंले उत्तरतर्फ शिर फर्काएर पाँच छ घन्टा सुत्नुभयो भने उत्तरको चुम्बकीय आकर्षणले दिमागमा प्रेसर दिन्छ । जसका कारण टाउकोमा धेरै भन्दा धेरै रगत प्रवाह गरिदिन्छ ।

तपाईंको उमेर पनि अलि बढेको छ रक्त नली कमजोर छन् भने यो दिशातर्फ सुत्दा तपाईंलाई ह्यामोरेज र स्ट्रोकको खतरा हुन्छ । यदि तपाईको शरिर लचकदारछैन वा जटिल छ भने तपाई तनाबग्रस्त बन्नुहुन्छ । किनकी तपाई सुत्दाखेरी अन्य अवस्थामा भन्दा अझै बढी रक्तप्रवाह हुन्छ । वैज्ञानिकहरुका अनुसार एक दिन उत्तरतर्फ फर्किए सुत्दा खासै समस्या नहुन सक्छ । तर यदि तपार्इं नियमित रुपमा यो पोजिसनमा सुत्नुहुन्छ भने तपाईले समस्या निम्त्याउनु भएको छ । तसर्थ तपार्इंको शरिरको प्रणाली कति जटिल छ भन्नेमा नै कस्तो समस्या आउँछ भन्ने हो ।

कुन दिशातर्फ टाउको फर्काएर सुत्ने ?

पूर्व सबैभन्दा राम्रो हो । उत्तर पूर्व पनि सुत्न सकिन्छ । पश्चिम राम्रो मानिन्छ । दक्षिण पनि राम्रो नै हुन्छ । तपाई पृथ्वीको उत्तरी गोलाद्र्धमा हुनुहुन्छ भने उत्तर बाहेकको सबै दिशामा सुत्नु राम्रो हो । तर दक्षिणी गोलाद्धमा बसोबास गर्नेका लागि भने दक्षिण शिरानी गर्नु हुँदैन। लाइफएनलेसनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger