Headlines News :
Home » » घर भाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति विरुद्ध मुद्धा

घर भाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति विरुद्ध मुद्धा

Written By news on Sunday, 19 June 2016 | 22:02


काठमाडौ, ६ असोज ।

पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव बस्ने घर भाडा विवाद पुनःबल्झिएको छ । घर भाडा नतिरेपछि पूर्वराष्ट्रपति निवास खाली गराउन मुद्दा समेत परेको छ । सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपलव्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

सरकारले घर बहालबापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायर गरेका हुन् ।  विष्टले घर खाली गर्न नमानेका कारण आफूचाहिँ डेरामा बस्नुपरेको पनि उल्लेख गरेका छन् ।

‘‘बहाल भराई घर खाली गराई पाउँ’ भन्दै दायर मुद्दामा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन शीतलनिवास, सरकार र पूर्वराष्ट्रपति यादवलाई प्रतिवादी बनाइएको छ । विष्टले घरबहाल बापतको रकम उपलव्ध गराइदिन पटक–पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएपछि अदालत गुहारेको बताएका छन् ।

सरकारले डा. यादवका लागि भनेर ललितपुर उपमहानगरपालिका ४ नख्खु खरिबोटमा रहेको विष्टको घर भाडामा लिएको थियो । उक्त घर २०७२ कात्तिक १२ गतेदेखि बहालमा लिने निर्णय भएको थियो । त्यसयताको सबै बहाल, बक्यौता रहेको दाबी फिरादपत्रमा छ ।

घरबहाल, बिजुली, पानीको समेत १० लाख २४ हजार आठ सय १० रुपैयाँ असुल्न बाँकी रहेको पनि विष्टले जनाएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger