Headlines News :
Home » » अफगानी सेनाले तेह्र नेपाली मार्ने तालिवानी आतंककारीलाइ यसरि घेरा हालेर मार्यो -

अफगानी सेनाले तेह्र नेपाली मार्ने तालिवानी आतंककारीलाइ यसरि घेरा हालेर मार्यो -

Written By news on Friday, 24 June 2016 | 18:30

अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा बिहीबार राति नेटोआवद्ध सेनाद्धारा भएको हवाई आक्रमणमा सात सशस्त्र आतङ्ककारी मारिएका छन् । त्याहाँको प्रान्तीय सरकारले शुक्रबार सो जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बलद्वारा चालकरहित विमानबाट लालपुरी जिल्लाको रहमाती र मर्सिन्गाएमा आतङ्ककारी लुकेर बसेका दुई स्थानलाई लक्ष्यगरी गरिएको आक्रमणमा ती सात आतङ्ककारीहरु मारिएका हुन्
 उक्त आक्रमणमा दुई आतङ्ककारीहरु घाइते भएका प्रान्तीय सरकारद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यस आक्रमणबाट एक सवारी साधन, मोटरसाइकल र हातहतियारसमेत नष्ट भएको सो विज्ञप्तिमा थप जानकारी दिएको छ । यस हवाई आक्रमणमा मारिएका तालिवान समूहका सदस्यहरु रहेका जनाइएको छ । यस आक्रमणमा परी सर्वसाधारण नागरिक भने हताहत नभएको जनाइएको छ । यस आक्रमणको विषयमा अहिलेसम्म तालिवान आतङ्ककारी समूहले कुनै प्रतिक्रिया दिएको छैन ।

अर्को एक समाचारमा जनइएअनुसार अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको वालीकोट नामक एक जिल्लामा अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध गरेको कार्बाहीमा ठूलो सङ्ख्यामा तालिवान आतङ्ककारी मारिएको अनुमान गरिएको छ । उक्त जिल्लाको जाङ्गतान क्षेत्रमा शुक्रबार विहान सवेरैबाट सुरु भएको यस कारबाहीमा तालिवान आतङ्ककारी मारिएको अनुमान गरिएको हो । तालिवान आतङ्ककारी समूहले गत अप्रिलदेखि भीषण आक्रमण गर्ने घोषणा गर्दै सर्वसाधारण नागरिक र सुरक्षकर्मीमाथिको कारबाहीलाई तिब्र रुपमा अगाढि बढाइरहेको छ ।

प्रहरीले तालिवानहरु विरुद्ध जारी राखेको कारबाहीमा पनि सफलता प्राप्त भइरहेको बताइएको छ । आइएसको आक्रमणमा तीन सर्वसाधारण र तीस आतङ्ककारी मारिए यसैबीच पूर्वी अफगानिस्तानमा आइएस आतङ्ककारी समूहले गरेको आक्रमणमा तीन सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएको त्यहाँको प्रान्तीय सरकारले जानकारी दिएको छ । मारिएका तीन सर्वसाधारणमा एक बालकसमेत रहेका जनाइएको छ । कोत जिल्लाको सिपे र बन्दार इलाकामा रहेका कैयौँ सुरक्षा जाँचचौकीमा आइएस आतङ्ककारीले आक्रमण गरेका छन् ।

आइएस लडाकू र सुरक्षाकर्मीबीच शुक्रबार बिहानसम्म पनि झडप जारी रहेको बताइएको छ । सुरक्षाबलले जारी राखेको कारबाहीमा ३० भन्दाबढी आतङ्ककारीहरु मारिएका बताइएको छ । आइएसले आक्रमणमा कैयौं सर्वसाधारणको घरहरुमा गोली प्रहार गरेको बताइएको छ । यसैक्रममा कैयौँ बालकसमेत घाइते भएका बताइएको छ । अफगानिस्तानमा सन् १०१६ को सुरुदेखि चार महिनासम्म भएका आक्रमणहरुमा ६०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक हजार ३४० घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger