Headlines News :
Home » » चेप्राङ गाउँको चारैतिर भिसण पहिरो १६ गाउँले को मौसम बिग्रँदा उद्धार हुन सकेन...

चेप्राङ गाउँको चारैतिर भिसण पहिरो १६ गाउँले को मौसम बिग्रँदा उद्धार हुन सकेन...

Written By news on Thursday, 30 June 2016 | 05:09



री (धादिङ):
 गाउँको चारैतिरबाट पहिरो जान थालेपछि उत्तरी धादिङको री गाउँ विकास समिति–९ चेप्राङका १६ जना बासिन्दा गाउँमै थुनिएका छन् । गाउँबाट अन्यत्र निक्लने बाटो समेत पहिरोले थुनिएपछि उनीहरु समस्यामा परेका हुन् ।
सदरमुकाम धादिङवेशीबाट दुई दिनको पैदल दुरीमा रहेको विकट चेप्राङ गाउँ गएराति आएको अविरल बर्षापछि चारैतिरबाट पहिरो झरेर छेकिएपछि अन्यत्र जान नसकिएको स्थानीयहरुले टेलिफोनमा जानकारी दिएका छन् ।
‘यहाँ अर्को बस्ती लङ्गतरचेत जाने बाटो पनि पहिरोले बगाएको छ । तल झार्लाङ गाविस जाने पुलसम्मको बाटो पनि पहिरोेले बगाएको छ’, पहिरो गएपछि गाउँमै थुनिएका स्थानीय कान्छा बहादुर तामाङले टेलिफोनमा भने, ‘मानवीय क्षति त अहिलेसम्म भएको छैन तर यहाँबाट निक्लने केही उपाय पनि छैन ।’
पहिरोका कारण स्थानीयहरु समस्यामा परेको जानकारी पाउनेवित्तिकै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीसहित प्रहरी र सेनाको टोलीले हेलिकोप्टरबाट गाउँको निरीक्षण गरेका छन् ।


‘हामीले सेनाको सामुहिक आवास निर्माणको लागि प्रयोग भएको हेलिकोप्टरबाट गाउँको अवस्था बुझेर आएका छौँ । त्यहाँ १६ स्थानीय फसेका रहेछन् । पीडितहरु सञ्चारसम्पर्कमै रहेकाले तत्कालै उद्धार कार्य सुरु गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘जिल्ला दैवी प्रकोप उद्दार समितिको आपतकालिन बैठक बसेर उनीहरुलाई उद्धार गरीसेनाले बनाउँदै गरेको सामुहकि आवासमा राख्ने निर्णय भइसकेको छ ।’
२०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्प पछि धादिङको री गाविसमा सबैभन्दा धेरै पहिरो गएको थियो । त्यहीकार यहाँबाट सबैभन्दा धेरै गाउँले पनि विस्थापित भएका थिए ।
‘अहिले पहिरोले थुनिएको चेप्राङ गाउँ भूकम्पको बेलामा पनि यस्तै भएको थियो, त्यहाँबाट थुपै घरहरु विस्थापित भएका थिए’, रीकै स्थानीय एवम नेपाली काङग्रेस धादिङका उपसभापति भक्त बहादुर लामाले भने, ‘केही बासिन्दा अझै पनि त्यहीँ थिए । उनीहरु अहिले समस्याममा परेछन् । उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने भनिएपनि मौसमको खराबीले गर्दा समस्या भइरहेको छ ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger