Headlines News :
Home » » महिलाहरुले सही ब्रा नरोजे नीलडामदेखि क्यान्सरसम्मको खतरा,..

महिलाहरुले सही ब्रा नरोजे नीलडामदेखि क्यान्सरसम्मको खतरा,..

Written By news on Thursday, 9 June 2016 | 05:48


महिलाहरुले   ब्रा लगाएको तरिका नमिल्दा छाती दुख्‍ने, स्वाशप्रश्वासमा समस्या, गर्धन दुख्ने, ढाड दुख्ने, कुम दुख्ने, शारीरिक बनावटमा असर, स्तन कोषिकालाई हानि पुर्‍याउने, शरीरमा असहज हुनुको साथै चिलाउने र दुख्ने ।
विश्‍वमा हरेक दिन प्रत्येक तीनमा एक महिलाको मृत्यु स्तन क्यान्सरकै कारण हुने विभिन्न अनुसन्धानले देखाएको छ। यसरी स्तन क्यान्सर गराउने कारणमध्ये अनुपयुक्त तरिकाले लगाइने ब्रा पनि भएको आरतीको भनाइ छ। कस्सिएको ब्रालाई चौबीसैघन्टा लगाइरहँदा यसले शरीरमा रक्त सञ्चारमा प्रभाव पार्नुको साथै विषाक्त पदार्थहरू एकै ठाउँमा जमिरहँदा क्यान्सरसमेत हुने सक्ने बेलाबेलामा हुने विभिन्न अध्ययनले समेत पुष्टि गरेको छ ।

विदेशमा ग्राहकले ‘अप्वाइन्टमेन्ट’ लिएरमात्रै ब्रा किन्न जाने गर्छन्। ग्राहकको स्तनको आकार प्रकार, उनको शारीरिक बनावट र उनले कस्ता पहिरन लगाउँछिन् भन्ने बारेमा सम्पूर्ण जानकारी लिएपछि मात्रै उनका लागि उपयुक्त ब्रा बेच्ने गरिन्छ। तर नेपालमा भने यस्तो चलन छैन।

हुन त अहिले नेपाली बजारमा विश्वका जुनसुकै कुनाका सामान पनि पाइन्छ। तर पनि त्यसलाई बिक्री गर्ने मान्छेमा त्यसबारेमा जानकारी नहुँदा उनीहरूले ग्राहकलाई बुझाउन सक्दैनन्।
झन् ब्रा किन्न जाँदा त आफ्नो छातीको नापबाहेक अन्य कुनै पनि पक्ष वास्ता नगर्ने र खासै ट्रायल पनि नगरिने हुनाले सामान ग्राहकले खोजेजस्तो नहुन सक्छ। ‘मैले सोधेको थिएँ भन्न लाज माने’ काठमाडौंका पसलहरूमा ब्राको बारेमा सोध्न जाँदा त्यहाँ बसेका पुरुषले आरतीलाई केही जानकारी दिएनन्।
तर महिलाको दैनिक प्रयोगसँग गाँसिएको वस्तु भएकाले लाज मान्ने प्रवृत्ति हटाएर ब्रा किन्नेले पनि आफूलाई लागेको जिज्ञासा सोध्ने र बेच्नेले स्वस्थ्य र सौन्दर्यको दृष्टिकोणबाट पर्ने प्रभावको बारेमा राम्ररी बुझाउनुपर्ने उनको भनाइ छ।



– छाती दुख्‍ने
– स्वाशप्रश्वासमा समस्या
– गर्धन दुख्ने
– ढाँड दुख्ने
– कुम दुख्ने
– शारीरिक बनावटमा असर
– स्तन कोषिकालाई हानि पुर्‍याउने
– शरीरमा असहज हुनुको साथै चिलाउने र दुख्ने

सुझाउ
– किशोरी अवस्थादेखि नै ब्रा लगाउनुपर्छ। यस अवस्थामा स्तनको विकास हुने भएकाले धेरै कसिने र तारयुक्त ब्रा लगाउनु हुँदैन। बरू अलि ठूलो भए केही फरक पर्दैन।
– प्रत्येक दिन लगाउँदा टिसर्ट ब्रा लगाउनुपर्छ। यसको बाहिरी भाग सादा र चिप्लो हुने हुनाले यसको बाहिर साधा वा बुट्टेदार दुवै खालका लुगा लगाउन सकिन्छ।
– कुनै पनि व्यायाम गर्दा वा खेल खेल्दा स्पोर्ट्स ब्रा लगाउँदा सजिलो हुन्छ।
– कुनै पनि पार्टीमा जाँदा पुस अप ब्रा लगाए यसले स्तनलाई माथि उठाएर शरीरलाई हट एन्ड सेक्सी लुक दिन्छ।
– गर्भवती भएको तीन महिनासम्म सामान्य ब्रा नै लगाए हुन्छ। तर यसपछि भने म्याटरनिटी ब्रा लगाए राम्रो हुन्छ। यसमा सातवटा क्लिप हुन्छ। महिनैपिच्छे शरीरको तौल र आकार बढ्दै जाने हुँदा त्यही अनुरूपक्लिपले ब्रालाई ठूलो बनाउँदै लैजान सकिन्छ।
– गर्भवती अवस्थामा तार भएको टाइट ब्रा लगाउनुहुन्न। यसले स्तनका नसाहरू थिचिएर त्यसको विकासमा पनि असर गर्नुको साथै सुत्केरीपछि दूध उत्पादनमा पनि समस्या हुन्छ।
– सुत्केरी अवस्थामा पनि क्लिप फुकालेर दूध खुवाउन मिल्ने ब्रा लगाउनुपर्छ।
– ब्रा किन्दा राम्रोभन्दा पनि सजिलो र आडिलो रोज्नुपर्छ। त्यसैगरी आफ्नो स्तनको कप साइजमा पनि ध्यान दिनुपर्छ।
– ब्राको फित्ता बढी कस्सिएमा पाखुरा झमझम हुने, नीलो डाम बस्ने, ढाड दुख्ने हुनाले नरम फित्ता भएको रोज्नुपर्छ।
– ब्रा लगाउँदा एउटा फित्ता बढी कस्ने र अर्को हल्का गर्दा यसले स्तनको आकारलाई पनि सानो ठूलो देखाउने हुनाले दुवैलाई बराबरी कस्नेमा ध्यान दिनुपर्छ।
– ठूला स्तन हुनेहरूले मोटो फित्ता भएको ब्रा लगाउँदा यसले बढी आड दिन्छ।
– संवेदनशील छालामा ब्रा लगाउँदा चिलाउने र पोल्ने भएकाले सकेसम्म कटनकै ब्रा रोज्नु राम्रो हुन्छ।
– स्तन क्यान्सर भएका व्यक्तिहरूले तार भएको ब्रा नलगाउने। त्यसैगरी नाइलनको ब्रा पनि राम्रो हुँदैन। सधैं कटनकै ब्रा लगाउनुपर्छ।
– शरीर ज्यादै मोटो भएर ब्रा ठीक भएन भने ब्रा एक्सटेन्डरलाई त्यसमा जोडेर लगाउन सकिन्छ।
– शल्यक्रिया गरेर स्तनलाई ठूलो देखाउँदा यसले पछि नराम्रो असर पार्ने हुनाले स्तनको आकारलाई ठूलो देखाउन दुई सय प्रतिशत बुस्ट ब्रा लगाउन सकिन्छ।
– कसैको निप्पल ठूलो भएर ब्रा लगाउँदा पनि बाहिर आकार देखिन्छ भने पहिले निप्पल सिल लगाएरमात्रै ब्रा लगाउनुपर्छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger