|
|
मनिषा कोइराला र सम्राट दाहाल .......फेसबुकबाट भएको भेट र केही वर्षको प्रेमपछि उनीहरुले २०१० मा विवाह गरेका थिए । तर २०१२ मा नै उनीहरुको डिभोर्स भयो । आफ्ना लागि सम्राट ठीक नभएको भन्दै मनिषाले आफू उनीबाट अलग भएको जानकारी दिएकी थिइन् । मनिषाले नेपाली चलचित्र फेरि भेटौंला र धर्मामा काम गरेकी छिन् । त्यस्तै बलिउडमा उनले मन, लज्जा, खुदा गवा लगायतका फिल्ममा काम गरेकी छिन् । अहिले उनी दक्षिण भारतीय चलचित्रमा व्यस्त छिन् ।
आर्यन सिग्देल र सपना भण्डारी
आर्यन सिग्देलले पनि पत्नी सपनालाई फेसबुकमार्फत भेटाएका थिए । एकपटक आर्यनलाई फेसबुकमा सन्देश आयो – तपाईं रियल आर्यन हो ? भन्दै । त्यो सन्देश सपनाले पठाएकी थिइन् । त्यसपछि आर्यनले सपनालाई जावाफ फर्काउँदै ‘हो’ भनेका थिए । त्यहाँदेखि उनीहरुको कुराकानी सुरु भएको थियो । एकअर्कालाई नदेखिकन उनीहरु फेसबुकमार्फत नै एकअर्काको प्रेममा परेका थिए ।
प्रत्यक्ष रुपमा नभेटेरै उनीहरुले दुई तीन वर्षसम्म फेसबुकमा कुराकानी गरेका थिए । त्यसपछि उनीहरुले भेट पनि गरे । भेटेको एक वर्षमा नै उनीहरुको विवाह भयो । आर्यन अहिले चलचित्रमा व्यस्त छन् भने सपना स्नातकोत्तर सकेर बसेकी छिन् ।
बाबु बोगटी र फूलु मिजार.......बाबु बोगटीले गाएको सान्नानी तिमीलाई हिर्काउँला लौरीले निकै हिट भयो । यही गीतले उनी गायकको रुपमा देशभर चिनिए । उनी गायनका साथसाथै अभिनयमा पनि सक्रिय छन् । बोगटीले ब्यक्तिगत जीवनलाई त्यति सार्वजनिक गर्दैनन् । फूलु मिजारसँग फेसबुके प्रेमपछि विवाह गरेका उनले विवाहको कुरा समेत लामो समयसम्म लुकाएका थिए । अब भने उनी एक छोरा आगमनका पिता समेत बनिसकेका छन् ।
|
|
Post a Comment