Headlines News :
Home » » विप्लव माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा मध्यराती आगजनी..

विप्लव माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा मध्यराती आगजनी..

Written By news on Saturday, 11 June 2016 | 23:57

नुवाकोट, ३० जेठ । भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ ।

गएराति १२ः३० बजे तीन जनाको समूहले विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको वर्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएका थिए । प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेलका अनुसार गेटपट्टिबाटै भित्र छिरेका तीन जनाले उनलाई धम्याएर गाडीमा आगो लगाई गेटै खोलेर भागेका थिए । आफूहरु विप्लव माओवादीको कार्यकर्ता भएको बताउनेहरुले गाडीमा आगो सल्काएपछि हल्ला गरेमा मार्ने धम्की दिएको प्याकुरेलले बताए ।
गाडीमा करिब ४५ मिनेट आगो लागेपछि मात्रै नियन्त्रणमा लिइएको छिमेकी शिवप्रसाद अधिकारीले बताउनुभयो । बलिरहेको गाडीको आगोको राप घरको तेस्रो तलामा पुगेपछि उनीहरुले पछाडिको भागमा डोरी लगाएर बलिरहेको गाडी गेटबाट बाहिर पु¥याएका थिए । त्यसपछि घटनास्थलमा पुगेको दमकलले गाडी र घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।

गाडीमा लागेको आगो घरमा सल्किँदा झ्याल तथा घरको बाहिरी भाग जलेको छ । कार्यालयको कागजात र सामग्री सुरक्षित रहेको वर्ड भिजनका देवेन्द्रप्रसाद गुरुङले बताए ।

दोस्रो तथा तेस्रो तलामा रहेका मानिसलाई छतमा भ¥याङ राखेर प्रहरी र छिमेकीले अर्को घरको छतमा निकालेर उद्धार गरेका थिए । घरधनी कृष्णप्रसाद अधिकारीका अनुसार तल्लो तलामा गाडीबाट आगो घरमा सल्किएपछि माथि रहेका परिवारका सदस्यलाई एक घन्टापछि मात्रै उद्धार गर्न सकिएको थियो ।

विप्लव नेतृत्वको नेकपा माओवादी नुवाकोटका एक नेताले उक्त आक्रमणको जिम्मेवारी आफ्नो पार्टीले लिएको बताए । तर कारणका बारेमा भने केही भनिएको छैन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger