|
|
उज्यालो हुँदा नहुँदै अस्पताल परिसरमा आफन्त र शुभचिन्तकले घुईंचो लागिसकेको थियो । उपस्थित सबैमा एउटा समानता थियो । स्तब्ध मुहार, रसाएका आँखा लिएर यताउति गरिरहेका थिए ।
श्रीमती बीना, अन्य आफन्तजन, अम्बरसँग प्रत्यक्ष चिनजान भएका संगीतकर्मी देखि शुभचिन्तकको आँखाबाट आशुको भेल छुट्यो । अस्पताल परिसरमा राखिएको अम्बरको तस्वीरमा फुल चढाउँदै गर्दा बीनाको भक्कानो फुट्यो ।
त्यसपछि उपस्थित सबैले मन थाम्नै सकेनन् । माहोल शोकमग्न भइहाल्यो । राष्ट्रिय गानका संगीतकार गुरुङको ७९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको ग्रान्ड अस्पतालमा मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको हो ।
|
|
Post a Comment