Headlines News :
Home » » सरकारले पूर्वप्रधानमन्त्रीहरुमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा बढी असुरक्षित रहेको ठहर गरेको छ ।

सरकारले पूर्वप्रधानमन्त्रीहरुमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा बढी असुरक्षित रहेको ठहर गरेको छ ।

Written By news on Wednesday, 15 June 2016 | 03:32


१ असार, काठमाडौ । सरकारले पूर्वप्रधानमन्त्रीहरुमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा बढी असुरक्षित रहेको ठहर गरेको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डको सुरक्षाका लागि गृह मन्त्रालयले २३ जना नेपाल प्रहरी र ४१ जना सशस्त्र प्रहरी खटाएको छ ।
प्रचण्डलाई सरकारले प्रहरीका अतिरिक्त बा १ झ १४७९ को जीपसमेत उपलब्ध गराएको छ । यसका अतिरिक्त प्रचण्डले प्रहरी प्रधान कार्यालयबाट एउटा निसान पेट्रोल जीप, एकजना चालक र मासिक १ सय ५० लिटर इन्धनसमेत लिने गरेका छन् । उक्त गाडीको मर्मत समेत प्रहरी प्रधान कार्यालयले नै गर्दै आएको छ ।
यसका अतिरिक्त ०६६ साल साउन ९ गतेको मन्त्रिपरिषद बैठकले प्रचण्डलाई ०६६ जेठबाट लागु हुने गरी आवास सुविधा वापतको घरभाडा, धारा, बिजुलीको बिललगायतको सुविधा उपलब्ध गराउँदै आएको छ ।
प्रचण्डपछि बाबुराम भट्टराईलाई सुरक्षा खतरा बढी रहेको सरकारको ठहर छ । त्यही अनुसार भट्टराईको सुरक्षामा २३ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी खटाएको छ ।
सरकारले पूर्वप्रधानमन्त्री भट्टराईलाई बा १ झ ८४८२ नम्बरको स्कारपियो गाडीसमेत सुविधा वापत उपलब्ध गराएको छ । उनले पनि प्रहरी प्रधान कार्यालयबाट मासिक १ सय ५० लिटर इन्धन, माज्दा पीकअप भ्यान र एकजना चालक समेत पाउँदै आएका छन् । उनले प्रयोग गर्ने गाडीको मर्मत प्रहरी प्रधान कार्यालयले गर्दै आएको छ ।
प्रचण्ड र भट्टराईपछि राज्यबाट बढी सुविधा लिने पूर्वप्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा छन् । देउवालाई दुईजना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको छ । उनले प्रहरी प्रधान कार्यालयबाट एउटा बोलेरो जीप, चालक, मासिक एक सय ५० लिटर इन्धन र गाडी मर्मत समेत गराउँदै आएका छन् ।
एमाले नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरु माधबकुमार नेपाल र झल नाथ खनालले पनि सुरक्षा र गाडी लिदै आएका छन् । उनीहरुले २ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी र गाडी सुविधा लिएका छन् ।
२०६७ चैत्र ९ गते बसेको मन्त्रिपरिषद बैठकले माधबकुमार नेपालका लागि भने छुट्टै निर्णय गरेको छ । ‘पूर्व प्रधानमन्त्रीहरुलाई इन्धन वापत मासिक २०० लिटर पेट्रोल उपलब्ध गराइएकोमा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको हकमा मासिक ३०० लिटर पेट्रोल उपलब्ध गराउने भनेर’ निर्णय गरेको छ ।
हरेक पूर्व प्रधानमन्त्रीले राज्यबाट मासिक २ सय लिटर इन्धन लिने गरेका छन् । उनीहरुले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरीबाट लिने गरेको इन्धन अनधिकृत हो । यस्तै अन्य पूर्व प्रधानमन्त्रीहरुले पनि राज्यबाट सुविधा लिइरहेका छन् ।
यस्तै पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्रीले पनि सुरक्षा खतरा रहेको छ भन्दै राज्यबाट सुरक्षा, इन्धन, चालक र गाडी सहितका सुविधा लिइरहेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger