Headlines News :
Home » » जनिरखौ किन पर्छ पित्तमा पत्थरी ?

जनिरखौ किन पर्छ पित्तमा पत्थरी ?

Written By news on Saturday, 11 June 2016 | 22:26

अखबर पाना  मानव शरीरको कलेजोले विभिन्न ४ सय प्रकारका काम गर्छ । त्यसमध्येको एक मुख्य काम पित्त उत्पादन गर्नु हो । पित्तले आन्द्रामा आएर खाना र त्यसमा रहेको चिल्लो पदार्थ पचाउन सहयोग गर्छ ।
मानिसले दिनभर खाना खाएर बस्दैन । शरीरलाई पित्त केवल खाना खाएपछि पचाउनका लागि मात्रै चाहिने हो । खाना नखाएको बेलामा पित्त जम्मा भएर गलब्लाडर(पित्तथैली)मा बस्छ । खाएपछि त्यही पित्त पाचनका क्रममा हाम्रो खानामा मिसिन्छ । खाली पेट रहेको बखत भने कलेजोमा बनेको पित्त पित्तथैलीमा मिसिन्छ । खानापछि पित्तथैली खुम्चिन्छ र त्यहाँ संकलित पित्त खानामा मिसिन्छ अनि पचाउने काम हुन्छ ।
पित्तथैलीले अनावश्यक समयमा कलेजोले उत्पादन गरेको पित्त संकलन गरेर राख्छ । तर कलेजोले नियमित रुपमा २४ सै घण्टा पित्त उत्पादन गरिरहेको हुन्छ र पित्तथैलीमा पठाउँछ । पित्त नभए खाना पच्दैन अनि पखाला लाग्छ । कहिलेकाही फिज मिसिएको पखाला आउँछ, त्यो बोसो नपचेको लक्षण हो ।
कलेजोले कुनै कारणले काम गरेन वा पित्त निस्कासन हुन पाएन भने खानामा पित्त मिसिदैन र पच्न सक्दैन । अनि, दिसा पातलो हुन्छ र नपचेको खाद्य पदार्थ बाहिरिन्छ । पित्त नभएको अवस्थामा दिसा पनि सेतो हुनसक्छ, किनकि पित्तले नै दिसाको रंगलाई पहेँलो बनाइदिन्छ । दिसा पातलो भए वा फिँज मिसिएमा सधैभरि पित्तकै समस्या भने नहुन सक्छ । यसमा हामी चनाखो हुनुपर्छ ।
नपचेर, पित्तभन्दा बढी खाना भएर वा आन्द्राले काम गर्न नसकेर वा अन्य इन्फेक्सनले पनि दिसा पातलो हुनसक्छ । दिसा पातलो हुने वा नपचेको दिसा हुने सबै समस्याको कारण पित्तसम्बन्धी रोग नहुन पनि सक्छ । कलेजोका कारण समस्या देखिए जिउ चिलाउने, आँखा पहेलो हुने आदि लक्षण देखिन सक्छन् ।
पित्तथैलीमा हुने रोग विभिन्न प्रकारका हुन्छन् । सबैभन्दा बढी देखिने समस्या पित्तथैली पाक्नु वा सुन्निनु हो । पत्थरी भएर वा नभएर पनि पित्तथैली पाक्नसक्छ । पत्थरी नभएमा इन्फेक्सन भएर पाकेको हुनसक्छ र त्यो फुटने खतरा पनि हुन्छ । अर्कोतर्फ पत्थरी हुँदा पनि इन्फेक्सन हुनसक्छ ।
हाम्रो आँखा, दाँत, नाक, कान लगायतका अंगमा विभिन्न कारणले इन्फेक्सन हुन्छ । मानिसको जिउका अन्य भागमा इन्फेक्सन भए झै पित्तथैलीमा पनि विभिन्न कारणले इन्फेक्सन हुन्छ । पित्तथैलीमा रगत या आन्द्राबाट इन्फेक्सन हुने सम्भावना रहन्छ । तुरुन्तै जचाँएर औषधि दिए, खानपिनमा ध्यान दिए निको हुनसक्छ । तर समयमा उपचार भएन भने पित्तथैली फुट्न सक्छ । जसले गर्दा ज्यानको खतरा हुन्छ । कतिपयमा  भने आफ्नै प्रतिरक्षा प्रणाली दह्रो भएका कारण निको भएर फर्कने सम्भावना रहन्छ । रोग लाग्दैमा सबैको मृत्यु नहुन सक्छ । कतिपयलाई कमले पनि इन्फेक्सन हुन र गाह्रो बनाउन सक्छ । कतिपयले अलि बढीलाई पनि पचाउन सक्छन् । पित्तथैलीमा एकपटक इन्फेक्सन भएर जुनसुकै उपायले निको भएपनि पत्थरी हुने सम्भावना रहन्छ ।
पित्त थैली फुटेमा त्यहाँ संकलन हुने पित्त सानो आन्द्रामा नगई अन्यत्र जान थाल्छ । बोसो पगाल्ने पित्त शरीरको आन्द्राबाहेक अन्यत्र गए त्यसले पेट पोल्ने लगायतका समस्या ल्याउँछ । जसलाई हामी पेरिटोनाईटिस भन्छौं । त्यहाँ पोल्यो, अनि जीउभरिबाट त्यहाँ पानी जम्मा हुन थाल्छ । पेट फुल्ने र आन्द्रा चल्न छाड्ने पनि हुनसक्छ । जसले हाम्रो ज्यान पनि जोखिममा पर्न सक्छ ।
लक्षणहरूबाट मानिसको पित्तमा संक्रमण भएको र फुुट्न सक्ने खतरा थाहा हुन्छ । जसमा पेटको दायाँ भाग पोल्ने, कमजोर हुने, बान्ता हुने र उठ्नै नसक्ने अवस्था देखिन्छ । फुट्यो भने मानिस ओछ्यानै पर्छ । कतिपय अवस्थामा तत्काल अपरेशन नगरे मृत्युसमेत हुन सक्छ ।
स्रोत :स्वस्थ्व खबर पत्रिका

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger