Headlines News :
Home » » मनिषाको मृत्युको कारण हृयाङ्गिङ, यो कस्तो रिपोर्ट हो?

मनिषाको मृत्युको कारण हृयाङ्गिङ, यो कस्तो रिपोर्ट हो?

Written By news on Tuesday, 31 May 2016 | 02:42

काठमाडौं । फुटबल खेलाडी विलम घर्ती मगरकी बहिनी मनिषाको पास्टमार्टम रिपोर्ट आएको छ । तर, हत्या कि आत्महत्या भन्ने अझै प्रष्ट हुन सकेको छैन ।

१७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनी घरमा एक्लै थिइन् ।

प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने बताएको थियो ।

उनको शव शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको थियो । शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार पोस्टमार्टम रिपोर्ट मंगलबार विहान प्रहरीलाई बुझाइएको छ ।

रिपोर्टमा के छ भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, घाँटी भएको प्रेसरले मृत्यु भएको देखिन्छ ।’ उनका अनुसार मनिषाको गालामा सामान्य चोट छ भने घाँटीमा २५ सेन्टिमिटरको डाम छ र सलको आकारसँग मिल्दोजुल्दो छ ।

उनले अघि भने, हामीले हृयाङ्गिङबाट मृत्यु भएको रिपोर्ट बुझाएका छौं ।’ हृयाङ्गिङको अर्थ आत्महत्या (आफैं झुण्डिएको) वा हत्या (अरुले झुण्ड्याएको) भन्ने भन्न नसकिने भन्दै उनले यो प्रहरीले अनुसन्धान गर्ने डा. वस्तीले बताए ।

मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । र, उनले घटना भएको राति मनिषासँग आफ्नो झगडा भएको तर, हत्या नगरेको दाबी गरेका छन् । उनका अनुसार झगडापछि आफू बरण्डामा आएर सुतेको र पछि उठेर हेर्दा मनिषा झुण्डिएको अवस्थामा देखेपछि सल खोलेका थिए ।

तर, त्यसबेलासम्म मनिषाको मृत्यु भइसकेकाले उनलाई त्यही छाडेर आफू सल लिएर गएको आशिषले बयान दिएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger