Headlines News :
Home » » अब मनीषाको मृत्यु प्रकरणमा यसरी खुल्दैछन् नयाँ रहस्य

अब मनीषाको मृत्यु प्रकरणमा यसरी खुल्दैछन् नयाँ रहस्य

Written By news on Sunday, 29 May 2016 | 22:43

नवलपरासीको बर्दघाट नगरपालिका– ८ भुताहाकी १७ वर्षीया मनीषा घर्तीको मृत्युका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

आफ्नै घरभित्र बिहीबार मृत अवस्थामा फेला परेकी मनीषाको मृत्युलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रहरीले पोष्टमार्टम रिपोर्टका आधारमा केही बताउन सकिने जनाएको छ । मनीषाको शवलाई प्रहरीले केन्द्रीय फरेन्सिक विभाग शिक्षण अपस्ताल पठाएको जनाएको छ ।
भुताहास्थित घरमा आमासँग बस्दै आएकी मनीषा राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीकी बहिनी हुन् । मनीषाको मृत्यु भएको दिन आमा घरमा थिइनन् । आमा घरबाट कहाँ र किन गएकी थिइन् भनेर पनि प्रहरीले अनुसन्धान गरिरहेको स्रोतको भनाइ छ ।
मनीषाको हत्या अभियोगमा प्रहरीले अनुसन्धानका लागि नवलपरासी तिलकपुर गाबिस– २ बस्ने २२ वर्षीय आशिष भन्ने रुद्रनारायण चौधरीलाई पक्राउ गरेको छ । चौधरीले मनीषाको हत्या अफूले नगरेको दाबी गर्दै आएका छन् ।
नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनीषाको घाँटीमा निलडाम छ । मनीषाको कोठामा रगतको टाटा पनि देखिएको भन्दै एसपी चौधरीले शवको पोष्टमार्टमको लागि काठमाडौंको शिक्षण अस्पताल लगिएको जानकारी दिए ।
रुद्रनारायण चौधरी मनीषाको घरमा बुधबार मात्रै ४–५ पटक आउजाउ गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उनीहरूबीच ४ वर्षदेखि प्रेम सम्बन्ध थियो ।
चौधरी बुधबार राति ११ बजे मनीषाको घरबाट आफ्नो घरमा पुगेको प्रहरीले जनाएको छ ।
मनीषाले कक्षा ११ को परीक्षा सकेर बसेकी थिइन् । अध्ययनमा खासै रुची नराख्ने रुद्रनारायण चौधरी एसएलसी अनुत्तीर्ण हुन् ।
के भन्छ प्रहरी ?
मनीषा घर्तीको घरमा अन्य सदस्य कोही नभएको अवस्थामा बुधबार बेलुका आशिष भनिने रुद्रनारायण चौधरी आएको खुल्न आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
चौधरी र मनीषाबीच प्रेम सम्बन्ध रहेको, चौधरी आएको अवस्थामा उनीहरूबीच आपसी विवाद भएपछि चौधरीले मनीषालाई हातले कुटपिट गरी घर बाहिरको बरण्डामा गई सुतेको अवस्थामा मनीषाले चुन्नीको पासो लगाई झुन्डिएपछि चौधरीले चुन्नी फुकाई भुइँमा राख्दा उनको मृत्यु भएको र चुन्नीलाई चौधरीले आफ्नो घरमा लगि राखेको बताएपछि उनको घरबाट प्रहरीले उक्त चुन्नी बरामद गरेको छ । मृतक फुटवल खेलाडी बिमल घर्ती मगरकी बहिनी भन्ने बुझिएको छ ।
मनीषाको शव पोष्टमार्टमको लागि केन्द्रीय फरेन्सिक विभाग शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगेर प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
बयानमा के भने रुद्रनारायण चौधरीले
प्रेमी रुद्रनारायण चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको विषयमा दुईजनाबीच भनाभन भएको थियो । भनाभनको क्रममा मनीषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले पनि मनीषालाई कुटेको चौधरीले बयानमा भनेका छन् । ‘एक बोत्तल बियर खाएर गएको थिएँ । फेसबुकमा लेखिएको पोष्टको विषयमा झगडा प-यो’, चौधरीले बयानमा भनेका छन्, ‘म उनको घरबाहिर निदाएँ । राति ११ बजे ब्यूँझिएर हेर्न जाँदा कोठामा सलले पासो लगाएर झुण्डिएको अबस्थामा देखे, सलवाट निकाल्दा मृत्यु भइसकेको रैछ ।’
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger