कमल पौडेल, बागलुङ बैशाख २६। बागलुङ जिल्लाको दगातुन्डाडा गाविस वार्ड नं. ६ मा आफ्नै छोराले धारिलो हतियार प्रयोगवाट ५२ वर्षिय ओम वहादुर राना थापाको ज्यान गएको छ। शनिवार राति संगै मदिरा सेवन गर्दै
झगडा गरेका वावु छोरा राति २ वजे तिर २३ वर्षको छोरा कृष्ण वहादुर रानाले फरुवा तथा चिरुवा दाउराको प्रयोग गरि आफ्नै वावुको हत्या गरेको हो। हत्यापछि लडेर ज्यान गएको वाहाना वनाई विहान गाउँलेलाई खवर गरेपछि शंका लागी सोधपुछ गर्दा हत्याको रहस्य खुलेको हो। त्यसपछि स्थानियले खवर गरेपछि खर्वाङ प्रहरी चौकीवाट प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिको टोली घटनास्थलमा पुगेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय हरिचौरवाट प्रहरी निरिक्षक खड्क नारायण साहको कमाण्डमा आएको टोलीले शव उठाई शव पोष्टमार्टमको लागी हरिचौर पठाइएको छ। अभियुक्त कृष्ण वहादुर रानालाई जिल्ला चलान गरिएको खर्वाङ प्रहरीले जनाएको छ। पूर्व भारतिय सैनिक समेत रहेका थापाले पटक पटक मदिरा सेवन गरि परिवारका सदस्यलाई कुट्दै आएको स्थानियले वताएका छन्।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment