Headlines News :
Home » » श्रीमती घरमा छदैछे भनेर ढुक्क भएर विदेश हिड्नुभएको छ? हरेक बिदेशिएका युवाले एकपटक हेर्नु पर्ने

श्रीमती घरमा छदैछे भनेर ढुक्क भएर विदेश हिड्नुभएको छ? हरेक बिदेशिएका युवाले एकपटक हेर्नु पर्ने

Written By news on Monday, 30 May 2016 | 21:39

प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन् छैनन् भन्ने कुरा चाहिँ उनीहरुले ख्याल गरेका हुँदैनन् ।
कतिपय भर्खरै विहे गरेर वा साना बालबच्चा भएका श्रीमती छाडेर विदेश जान्छन् । जबकि त्यो बेला महिलाले श्रीमानबाट मनोवैज्ञानिक र सामाजिक सुरक्षा चाहन्छन् । त्यो कुरा नभइदिँदा बिस्तारै ती महिलालाई मलाई सुरक्षा गर्ने मानिस नै रहेनछ भन्ने लाग्न थाल्छ ।

सँगसँगै हाम्रा सामाजिक सांस्कृतिक कुराहरु पनि छन् । कतिपय सासु ससुरा र अरु सदस्य भएका संयुक्त परिवारमा नै बस्छन् । परिवारका सदस्यहरुसित मनमुटाव हुनसक्छ । महिलाले विभिन्न लाञ्छनाको सामना गर्नुपर्ने हुन्छ । परिवारले गर्ने भेदभावका कारण परिवार छाडेर हिँड्ने समस्या पनि बढिरहेको छ ।

साथसाथै बुबा घरमा नभएको र आमाले राम्रोसँग हेरबिचार गर्न नसक्दा बालबच्चाले पढाईलाई पनि निरन्तरता दिन सकेका हुँदैनन् । कम उमेरमा विवाह गर्ने समस्या पनि देखिएको छ । महिला र बालबालिका रोगबाट ग्रसित भएको पनि पाइएको छ । त्यस्तो अवस्थामा उपचारका लागि पैसा धेरै खर्च हुन्छ ।

विदेशमा भएका श्रीमानले उचित समयमा पैसा नपठाइदिने वा नपठाइदिने समस्या छ । फोनमा पनि कुराकानी नहुने । यस्ता खालका कुराहरुले नेपालमा भएका श्रीमती, बालबच्चा वा घरका अन्य सदस्यलाई पनि समस्या पर्छ ।

बच्चाका लागि आमाबुबा दुवै महत्वपूर्ण हुन्छन् । परदेश जानेले श्रीमती छँदैछे नि भनेर अरु कुरा ख्याल गर्दैनौं । एकजनाले हेरे भइहाल्यो नि भन्ने पनि हुन्छ । तर, घरमा समस्या पर्दा श्रीमानले जति छिटो समस्या समाधान गर्न सक्छ, श्रीमती नगर्न पनि सक्छ ।

मानिसले भौतिक कुराको मात्रै आवश्यकताको आधार बनाएको छ । पैसा वा घर भयो भने सबै सुविधा हुन्छ भन्ने बुझेको हुन्छ । सुख सुविधाका लागि भौतिक अवस्था यौटा पाटो हुनसक्छ । तर मनोवैज्ञानिक रुपमा एकजना मानिसको उपस्थिती पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकअर्कालाई दिने समय भनेको पनि धेरै ठूलो लगानी हो ।

कोही व्यक्ति विदेशमा छ भने उसले घरपरिवारलाई कहाँ, कति समयका लागि छाड्ने भन्ने ख्याल गर्नुपर्छ । घरपरिवारबाट आउन सक्ने लाञ्छनाका विषयमा पनि सोचबिचार गर्नुपर्छ । यी कुरा घरपरिवारमै बसेर छलफल गर्दा राम्रो हुन्छ । विदेश जानुअघि नै यस्ता कुराको तयारी भयो भने अहिले देखिएका समस्या आधा कम हुन्छन् ।

श्रीमान विदेश गएको गएको छ भने जन्मान्तर हुने नै भयो । विदेशमा काममा नै केन्द्रित हुनुपर्छ । पैसा कमाएर कसलाई पठाउने भन्ने कुरामा पनि अन्योल विदेशमा बस्नेहरुलाई हुन्छ ।

५/६ वर्षसम्म विदेश बस्दा समयको अन्तर पनि त हुने भयो । त्यो समयअन्तरले धेरै कुरालाई प्रभाव पारेको हुन्छ । त्यसकारण परिवारमा द्वन्द्व भएको छ । धेरै किसिमका समस्याको सामना पुरुषले पनि गरिरहेका छन् । चिन्ताका कारण प्रगति गर्छु, सम्पत्ति जोड्छु भन्ने कुरा नै पूरा गर्न नसक्ने अवस्था हुन्छ ।

एउटा व्यक्ति अर्को व्यक्तिसित शारीरिक रुपमा नै टाढा रहन्छ भने उसले जीवनमा भएको समस्या या खुशीका कुरा बाँड्न पाइरहेको हुँदैन । उमेर बढिरहेको छ, बालबच्चा हुर्किरहेका छन् । तर एकअर्कामा कुरा बाँड्न नसक्दा आफ्नै श्रीमान वा श्रीमती पनि नौलो हुनसक्छ ।

मान्छे नै फरक लागेपछि उसले गरेको कुराकानी पनि फरक जस्तो लाग्न थाल्छ । सँगै हुँदा कुराकानी भएपछि समस्या समाधान हुँदै जान्थ्यो । चारपाँच वर्षपछि सम्बन्ध सुधार गर्न खोजे पनि सुधार हुन मुश्किल हुन्छ । त्यै भएर वैदेशिक रोजगारीसित सम्बन्धित भएका व्यक्तिहरुमा आजकाल धेरै सम्बन्धविच्छेदका घटना भइरहेका छन् ।

धेरै वर्षपछि भेट हुँदा आपसमा नौलो लाग्नु स्वभाविकै हो । नौलो हुन थालेपछि मनमुटाव सुरु हुन्छ । मनमुटाव सहित किन सम्बन्धलाई अघि बढाउने भन्ने कुराले पनि सम्बन्धविच्छेद हुने क्रम चाहिँ बढिरहेको छ ।

आत्महत्या विश्वमै जटिल विषय बनेको छ । व्यक्तिलाई दुःख भएको, मेरो जीवन नै के रहेछ र ? भन्ने महसुस हुन थाल्यो भने त्यसपछाडी धेरै कुरा हुन सक्छन् । मानिस निरास हुन थाल्छ । त्यसले आत्महत्याको अवस्थासम्म पुर्‍याउँछ ।

यस्तो बेलामा घरपरिवारका सदस्य र साथीभाइले विचार गर्न सक्छन् । आत्महत्या गर्न खोज्ने व्यक्तिले आफूलाई मर्न मन लागेको कुरा कुनै न कुनै रुपमा भनिरहेका हुन्छन् । ह्या बाँचेर के छ र ? मलाई मर्न मन लाग्यो, जीवन के हो र ? भन्ने जस्ता कुराहरु कुराकानीका क्रममा उसले भनिरहेको हुन्छ ।

कोही मानिस एक्लै बस्न थाल्यो, खाना राम्ररी खान सकेको छैन भने पनि उसको राम्रोसित ख्याल गर्नुपर्छ । त्यतिबेला विशेषज्ञसित सल्लाह सुझाव लिनुपर्छ । ढिला गर्न हुँदैन ।

विदेशमा बस्नेहरुले घरमा के कस्तो भइरहेको छ भन्ने कुराको विश्लेषण गर्नुपर्छ । कसैको कुरामा लागेर चाहिँ यो सही र उ गलत नभनिदिँदा सहयोग हुनसक्छ । घरका हरेक सदस्यसँग बाक्लो रुपमा कुराकानी गर्नुपर्छ ।

छुट्टि मिलाएर चाँडो चाँडो घरपरिवारसित भेटघाटका लागि आउनुपर्छ । घर आएर पैसाको कुरा मात्रै नभएर आमाबाबु, श्रीमती, बालबच्चाका समस्यालाई समाधान गर्न आग्रसर हुनुपपर्छ । घरपरिवारका सदस्यबिचमा मनमुटाव भए मेरो कारणले त होइन भन्ने कुरामा सचेत हुनुपर्छ । (कुराकानीमा आधारित )

उज्यालोअनलाइनबाट
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger