Headlines News :
Home » » ओली सरकार जोगाउनमा चीनको पनि हात, भारतीय डिजाइन थाहा पाएपछि…

ओली सरकार जोगाउनमा चीनको पनि हात, भारतीय डिजाइन थाहा पाएपछि…

Written By news on Thursday, 5 May 2016 | 20:31

काठमाडौं, २३ वैशाख । भारतीय डिजाइनमा झण्डै परिवर्तन भइसकेको नेकपा एमाले नेतृत्वको वर्तमान सरकार जोगाउनमा चीनको ठूलो हात रहेको खुलासा भएको छ ।

एमाओवादीका एक जना प्रभावशाली नेताका अनुसार केपी ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन गरी कांग्रेसको समर्थन लिएर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णयलगत्तै चिनियाँ राजदूतावासका अधिकारीले चाँसो र सक्रियता बढाएका थिए ।
चीनसँग भएको सम्झौताहरु कार्यान्वयन हुन नदिन भारतीय डिजाइनमा ओली सरकार परिवर्तनको खेल सुरु भएको सुइको पाएपछि चिनियाँ राजदूत उ चुन्ताईले एमाओवादीका महासचिव कृष्ण महरा र अध्यक्ष प्रचण्ड कहाँ आफ्ना प्रतिनिधि पठाएर वामपन्थीहरुको एकता नतोड्न र मिलेरै अगाडि बढ्न दबाब दिएका थिए ।
चीनको दबाबपछि बुधबार राति नै एमाओवादी सरकारको समर्थन फिर्ता लिने निर्णयमा गलिसकेको ती नेताले बताए । ‘भारतीय डिजाइनमा फस्न लागेका हाम्रो पार्टीलाई चीनले बचायो । उसको ठूलो प्रेसर थियो । वामपन्थी एकता नतोड्नुस् भन्ने चाहना व्यक्त भयो । त्यसपछि प्रचण्ड कमरेड गल्नुभयो’ उनले भने ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger