Headlines News :
Home » » बुढेसकालमा फेरि विहे गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड ! को हुन दुलही ?

बुढेसकालमा फेरि विहे गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड ! को हुन दुलही ?

Written By news on Thursday, 5 May 2016 | 01:39

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनमा एकपटक फेरि विहे गर्ने भएका छन् ।
शनिबार विहान आफ्नै निवास लाजिम्पाटबाट रेडियो कान्तिपुरको कार्यक्रम ‘घुम्ने मेच’को प्रत्यक्ष प्रसारणमा बोल्दै अध्यक्ष प्रचण्डले आफूले जीवनमा एकपटक फेरि विहे गर्न लागेको खुलासा गरेका हुन् ।

फरक र रमाइलो विषयमा वार्ता गर्ने आवाजको दुनियाँको साथी दिनेश डिसीको यो कार्यक्रम ‘घुम्ने मेच’मा जिन्सको कमिजको पहिरनमा देखिएका प्रचण्डले पत्नी सीता दाहाल सबैभन्दा नजिकको साथी भएको र विवाहको ५० वर्ष भएकाले एक पटक पुनः विवाह गर्ने रिती भएकाले विहेको तयारी भइरहेको बताए ।


कान्तिपुर एफएमको कार्यक्रम ‘घुम्ने मेच’का दिनेश डिसीसँग प्रचण्ड ।

उनका अनुसार पत्नी सीतासँगै प्रचण्डले जीवनमा फेरि एकपटक विहे गर्न लागेका हुन् । विहे भएको ५० वर्षपछि सीता फेरि दुलही बन्नेछिन् । प्रचण्डको परिवारमा यो परम्परा पहिलेदेखि चल्दै आएको छ ।

कार्यक्रममा क्रममा उनले यस्तो परम्पराले आफूलाई अलमलमा पारेको समेत बताए । ‘हाम्रोमा विहेको ५० वर्ष पुगेपछि फेरि विहे गर्ने चलन छ । के गर्ने के नगर्ने अलमलमा परियो,’ ठट्टा गर्दै प्रचण्डले भने- ‘परिवारको खुसीका लागि गर्नैपर्छ ।’  दैनिकनेपालामा समाचार छ |
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger