अमेरिकामा पनि नेपालीलाई वोर्किङ भिसा न्युर्योक । अमेरिकाले सन् २०१७ देखि लागू हुने गरी एच-वान बी वर्किङ भिसा जारी गर्ने भएको छ। अति दक्ष कामदारका लागि उपलब्ध हुने यो भिसामा धेरैको पहिलेदेखि चासो

रहँदै आएको छ। एच-वान बी भिसा मूलत प्रविधि क्षेत्रमा काम गर्नेहरुका लागि चासोको विषय हुने गर्छ। विज्ञान, प्रविधि र कम्प्युटर प्रोग्रामरहरुका लागि अमेरिकामा काम गर्नका लागि यो महत्वपूर्ण समाचार पनि हो। अक्टोबर १ बाट सुरु हुने आर्थिक वर्ष २०१७ का लागि ६५ हजारले यो भिसा पाउने छन्। सुरुमा २० हजार एच – १ बी निवेदक अमेरिकामा स्नातकोत्तर पूरा गरेका वा उच्च शिक्षा हासिल गरेकाहरु हुनेछन् जसलाई ६५ हजारमा समेटिएको छैन। अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले यसै वर्षका लागि ५ दिनभित्र ६५ हजारभन्दा बढी आवेदन स्वीकार्ने जनाएको छ। के हो एच-वान बी भिसा? इमिग्रेसन एन्ड नेसनालिटी एक्टमा भएको व्यवस्था अनुसार एच-वान बी नन इमिग्रेन्स भिसा दिइन्छ। यसले विदेशी कामदारलाई अमेरिकामा अस्थायी रुपमा काम गर्नका लागि अनुमति दिन्छ। यस्तो भिसा लागेका कामदारलाई कम्पनीले हटायो भने मुद्दा चल्छ र उनले अर्को कम्पनीमा सहजै काम गर्न समेत पाउँछ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment