|
|
उनले त्यही बेला भारतलाई निशाना बनाउने योजना पनि बनेको खुलासा गर्दै अहिले पनि पाकिस्तान पाँच मिनेटभित्र दिल्लीमाथि परमाणु हमला गर्न सक्षम रहेको बताए । उनले परमाणु शक्ति हासिल गर्ने विश्वका देशहरुमध्ये पहिलो मुश्लीम देश पाकिस्तान बनेको भन्दै मेरो योगदानविना यो सम्भव थिएन् भनेका छन् । उनले भने– पाकिस्तान परमाणु ताकत हासिल गर्ने दुनियाँकै पहिलो मुश्लीम देश हो ।
एकदमै अप्ठेरो परिस्थितीमा हामीले यो ताकत हासिल गर्नमा सक्षम थियौं र हामीले गर्यौ ।’ पाकिस्तानले १९९८ मा पहिलो परमाणु परीक्षण गरेको थियो । यो परीक्षणको वर्षगाँठको एक सभालाई सम्बोधन गर्दै वैज्ञानिक कादिर खानले भारतबाट हस्तक्षेप भए आफूहरु दिल्लीलाई पाँच मिनेटमै निशाना बनाउन सक्षम रहेको बताएका हुन् । (भारतीय सञ्चारमाध्यमको सहयोगमा)
|
|
Post a Comment