Headlines News :
Home » » अाजकाे राशिफल / २०७३ वैशाख २३ गते बिहीबार

अाजकाे राशिफल / २०७३ वैशाख २३ गते बिहीबार

Written By news on Wednesday, 4 May 2016 | 20:19

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

mesh

व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

मना अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी, पशुपालन र कृषिव्यवसायमा सफलता भए पनि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । व्यापारमा मन्दी छाउनेछ, अनि आनन्दप्राप्ति र भोगविलासमा मन केन्द्रित हुनेछ । पारिवारिक रमझममा धनखर्च हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । बन्धुबान्धव र सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

उदयकालमा आयुक्षेत्रमा चन्द्रमा भए पनि डराइहाल्नु पर्ने दिन छैन । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ । दिन छिप्पिंदै जाँदा हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

पारिवारिक जीवनमा सामान्य किचलो र विवाद हुने सम्भावना छ । दिनभरि तनावले मन रुमल्लिने समय छ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । घरायसी समस्याका कारण बेलुकाको बास घरबाहिर हुने सम्भावना समेत छ । रामरमाइलो गर्न मन हौसिने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

बेलुकाका तुलनामा बिहानको समय लाभदायक छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीले खुसी तुल्याउने छन् ।  अपराह्नपछि अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीरमा अचानक आलस्यपना देखापर्ने छ । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकी दार्शनिक र आध्यात्मिक महत्त्वको जानकारी पाइने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

आज रोकिएका पुराना कामहरू बनाउने प्रयास हुनसक्छ, तर नयाँ कामधन्दा सुरु गर्दा उस्तो फाइदा हुने सम्भावना छैन । अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

तपाईंको काममा आज कसैले सहयोग गर्ने सम्भावना छैन । मित्रवर्ग र बन्धुवान्धवले आआफ्ना बाध्यता तेर्साउन सक्छन् । नियमित भोजनको समेत अनुकूलता हुँदैन । पछाडि बसेर तपाईंका कुरा काट्नेहरूले खिसीट्यौरी गर्न छाड्दैनन् । कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger