Headlines News :
Home » » ७ सय शरणार्थी बेपत्ता

७ सय शरणार्थी बेपत्ता

Written By news on Monday, 30 May 2016 | 03:17

पछिल्लो हप्ता इटली नौसेनाले डुंगा दुर्घटना हुँदै गरेको दृश्य भिडियोमा कैद गरेका थिए । उनीहरुले यो दुर्घटनामा धेरै शरणार्थीलाई डुब्नबाट बचाएका थिए । यिनमध्ये पनि सय जना अझै वेपत्ता रहेको इटली नौसेनाले दाबी गरेका छन् । उनीहरु अत्यधिक गर्मीका कारण युरोप जान चाहेको बताइएको छ ।

इटलीले विभिन्न समयमा गरी करिब १३ हजार शरणार्थीलाई बचाएको दाबी गरेको छ । संयुक्त राष्ट्र संघ शरणार्थी प्रवक्ता कार्लोट सेमीले डुंगा दुर्घटनामा मर्नेहरुको संख्या ९ सय नाघेको शंका गरेका छन् । 'बुधबार तस्करहरुको डुंगा पल्टिएर सय जना शरणार्थी अहिलेसम्म बेपत्ता छन् । लिबियाको साब्राथा तटबाट चलेको डुंगा बिहीबार बिहान दुर्घटनामा परेको थियो जसमा सवार मध्ये ५ सय ५० शरणार्थी अहिलेसम्म भेटिएका छैनन्,' कार्लोटले भनेका छन्, ' शुक्रबार भएको तेस्रो दुर्घटनामा १ सय ३५ शरणार्थीलाई बचाईएको छ । ४५ वटा लास पानीबाट निकालिया तर अझैं ठूलो संख्यामा मानिसहरु बेपत्ता छन् ।'
दुर्घटनामा बाँचेकाहरुलाई भने इटलीको टारन्टो र पोजल्लो बन्दरगाहमा लगिएको थियो । बीबीसीसँगको कुराकानीमा कार्लोटले दुर्घटनामा परेका जहाज एकसाथ हिंडेको र एकसाथै दुर्घटनामा परेकोले उद्वार कार्य कठिन भएको बताएका छन् ।
डुङ्गा डुब्ने खतरामा परेका १९ शरणार्थीको उद्धारबेलायती सामुद्रिक सेनाले इङ्गलिस च्यानलमा डुब्नै लागेको शरणार्थी सवार डुङ्गाबाट १९ जनाको आइतबार सकुशल उद्धार गरेको बताएको छ । उद्धारपछि शरणार्थीलाई सीमा सुरक्षा बललाई हस्तान्तरण गरी उनीहरूबारे छानविन शुरु गरिएको छ । फ्रान्सको बाटो हुँदै बेलायत हिँडेका हजारौँ मानिस फ्रान्सका विभिन्न टापु तथा सीमाक्षेत्रमा जम्मा भएका फ्रान्सेली तथा बेलायती परोपकारी संस्थाले बताएका छन् ।
हामीलाई उद्धारका लागि बेलाइएपछि कालायसिस र डोभरको तटमा दुर्घटनाउन्मुख डुङ्गासहितका मानिसलाई खोज्दै अन्य डुङ्गाहरु तत्कालै पठाइएको थियो ।
आपतकालीन खोजीका लागि बेलायत तथा फ्रान्सले हेलिकोप्टरहरु समेत परिचालन गरेका थिए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger