Headlines News :
Home » » घैंटेलाई जस्तै यी ५ गुण्डा नाइकेहरुलाई पनि प्रहरीले इन्काउन्टर गर्ने

घैंटेलाई जस्तै यी ५ गुण्डा नाइकेहरुलाई पनि प्रहरीले इन्काउन्टर गर्ने

Written By news on Wednesday, 4 May 2016 | 09:11

मोस्ट वान्टेड सूचीमा रहेकै बेला डन गणेश लामाले अदालतमा उपस्थित भएर प्रहरीलाई जिल्याएका छन् । अपहरण मुद्दामा फरार रहेका लामा भूमिगत रुपमा विशेष अदालत र ललितपुर जिल्ला अदालतमा आफूविरुद्वको मुद्दा मिलाउन सक्रिय छन् ।



गत ११ चैतमा उनी गोप्य रुपमा अदालतमा उपस्थित भएर भूमिगत भएका हुन् । अदालतमा उपस्थित नहुँदा मुद्दा मिलाउन गाह्रो हुने भएपछि उनी प्रहरीलाई छक्याउँदै अदालतमा उपस्थित भएका हुन् ।

लेनदेन विवादमा ललितपुरका एक जग्गा दलाललाई घरमा बन्धक बनाई जर्बजस्ती कागज गरेको घटनामा लामा फरार छन् । कुमार घैंटेलाई जस्तै प्रहरीले इन्काउन्टर गर्न सक्ने डरले उनी विदेश भागेका थिए । तर, पछिल्लो समय उनी विजयकुमार गच्छदारको आडका कारण काठमाडौंमा धाउन थालेका हुन् ।

कुमार घैंटेको इन्काउन्टरपछि अधिकाशं समय दुबई भागेका थिए लामा ।

प्रहरीले जुनसुकै बेलामा पनि गुण्डा नाइकेलाई इन्काउन्टर गर्न सक्ने बताइएको छ । लामा मात्र होइनन् सबै डनहरु विशेष अदालतमा चलखेलमा लागेका छन् । चलखेलकै कारण उनीहरुविरुद्वको सम्पत्ति शुद्विकरण मुद्दाको पेशी पटक–पटक सर्दै आएको छ । अदालतमा मुद्दाको सबै प्रक्रिया पूरा भइसकेपनि उनीहरुको पेशी दुई महिना यता सरेकै सर्यै छ ।

५ गुण्डा नाइकेविरुद्व मुद्दा दायर भएको करिब ३ वर्ष भइसकेको छ । सम्पत्ति शुद्विकरण अनुसन्धान विभागले गणेश लामासहित, परशुराम बस्नेत, अभिषेक गिरी, दिपक मनाङे र चक्रे मिलनविरुद्व मुद्दा दायर गरेको थियो । अदालतमा सबै प्रक्रिया पूरा भइसकेपनि मुद्दाको पेशी सर्दै आएको छ । आजको देसिट साप्ताहिकमा खबर छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger