Headlines News :
Home » » भाईले दाईलाई किन गोली हाने ? गोली प्रहार गर्ने दिनेश प्रहरी नियन्त्रणमा

भाईले दाईलाई किन गोली हाने ? गोली प्रहार गर्ने दिनेश प्रहरी नियन्त्रणमा

Written By news on Saturday, 7 May 2016 | 20:18

धनगढीमा अंशबण्डाको विषय लिएर दिनदहाडै भाइले गोली हानी हत्या गरे दाइको ।
मध्यान्ह बाह्रबजेतिर धनगढी नगरपालिका- ५ स्थित लवलीचोकमा भाइले पेस्तोलबाट गोली प्रहार गरी दाइको हत्या भएको हो ।

धनगढीको जालीबाट जेठो दाजु मोहन बोहरालाई भेटेर अंशबण्डाका लागि कैलाली मालपोत कार्यालयमा युके ०६ आर २६३३ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा आइरहेका डोटी गड्सेरा गाविस ६ का ३० वर्षीय दिनेश बोहराले ३८ वर्षीय सहोदर दाइ कुमार बोहरालाई पछाडीबाट गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट घाइते भएका कुमारको उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए । गोली प्रहार गर्ने दिनेशलाई राति साढे दशबजेतिर धनगढीको बेल जंगलबाट पेस्तोल र मोटरसाइकलसहित नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरीक्षक मनोहर भट्टले बताए ।
मोटरसाइकलको पछाडी बसेका दिनेशले कुमारको वाँया छातिमा गोली प्रहार गरी मोटरसाइकल लिएर फरार भएका थिए । सरदारको भेषमा रहेको दिनेशलाई रोक्न खोज्दा उल्टै पेस्तोल ताकेपछि आफूहरुले केहि गर्न नसकेको प्रत्यक्षदर्शी तुलाराम चौधरीले बताए । उनी घटनास्थलबाट मोटरसाइकल चलाएर उत्तरतिरको बाटो लागेको तुलारामले बताए ।
तीन दाजुभाई मध्ये मोहन डोटी तथा कुमार र दिनेश भारतको रुद्रपुरमा बसोबास गर्थे । मोहन शारिरीकरुपमा अशक्त छन् । मोहन डेढ महिना पहिले जग्गाको अंशबण्डाका लागि डोटीबाट धनगढी आएका थिए ।
कुमार र दिनेश आइतबार मात्र अंशबण्डाका लागि नेपाल आएको उनकी दिदी सीतादेबी क्षेत्रीले बताइन् । मंगलबार बिहान तारानगरमा रहेको सीताको घरमा कुमार र दिनेशबीच अंशबण्डा सम्बन्धी बिवाद भएको थियो ।
‘आफूले यहाँ (आफ्नो घरमा) झगडा नगर, अन्तै जाउ’ भनेपछि दुबै जना बिहान दशबजेतिर एउटै मोटरसाइकलमा गएका थिए । त्यसपछि के भयो थाहा भएन्,’ दिदी सीताले भनिन्,’ ‘एकैपटक गोली हानेको खबर आयो ।’
दिउँसै गोली चल्नुले घटना गम्भीर छ । गोली प्रहार गर्ने दिनेशलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी बिक्रबहादुर चन्दले बताए । को हुन् कुमार, आफ्नै भाईबाट किन मारिए ?
विभिन्न अपराधिक गतिविधिमा संलग्न भइरहने ४० वर्षीय कुमार भगौडा कैदी हुन् । कुमार २०६० असार १३ गते डाँकाचोरी मुद्दामा पक्राउ परी कैलाली कारागारमा पुर्पक्षका लागि थुनुवामा परेका थिए ।



उनी २०६१ साल माघ २७ गते तत्कालीन माओवादीले कैलाली कारागारमा आक्रमण गर्दा भागेर फरार रहेको कैलाली कारागारका जेलर पुष्कर खड्काले बताए ।  खड्काले भने कुमारलाई फरार सुचीमा राखी प्रहरीले खोजतलास गरिरहेको थियो । दुई छोरासहित धेरैजसो भारतमै बस्ने कुमार बेलाबेला नेपालमा आएर विभिन्न घटना घटाएर उतै जाने गर्थे । सानैमा आमा गुमाएका कुमार चौविसै घण्टा हतियार बोकेर हिड्ने गरेको उनकी दिदी सीताको भनाई छ । सीताका अनुसार, दिनेशले धेरै असह्य भएपछि गोली चलाएको हुनुपर्छ ।
‘दिनेश सोझो ब्यक्ति हो । कुमारले उसलाई (दिनेश) र जेठो दाइ मोहनलाई आफ्नो छोरा भरतको नाममा घरको सवै अंश नामसारी गरिदिनुपर्ने नत्र जतिबेला जे पनि हुनसक्छ भन्दै धम्क्याउने गर्दथ्यो’- दिदी सीताले भनिन् । मंगलबार प्रहार गरिएको पेस्तोल पनि मृतक कुमारकै रहेको आफन्तजनको भनाइ छ ।
‘मृतक कुमारले पहिले देखिनै आफ्ना दाइभाइ तथा आफन्तजनलाई मारिदिने धम्की दिने गरेको थियो ।  (कुमार) ले आफ्नो बुबाको नाममा रहेको सवै घरजग्गा आफ्नो छोरा भरतको नाममा पास गराउन खोज्थ्यो तर भाइ र दाइले मानेका थिएनन् । त्यहि भएर घटना घटेको’- आफन्त पदम बोहराको भनाइ छ ।
फागुनमा डोटीको विपिनगरमा कुमारका बुबा खेमसिंह बोहरा मृत अवस्थामा फेला परेका थिए । घटना भएको दुई सातापछि अर्थात् २७ फागुनमा मृत फेला परेका खेमसिंहको पनि कुमारले नै हत्या गरेको आफन्तजनको आरोप छ ।
‘बुबाको हत्यामा कुमारको हात छ भन्दै प्रहरीलाई जानकारी गराएँ । त्यसपछि पनि कुमार हतियार लिएर हिँड्छ । उ भगौडा कैदी पनि हो भनेर प्रहरीलाई उसको फोटो, भारतीय नम्बरको मोटरसाइकल, नागरिकता नम्बर, मोवाइल नम्बर लगायत सवै घटना बारे कैलाली प्रहरी कार्यालयमा मौखिक जानकारी गराएकी थिएँ,’ सीताले भनिन्, ‘तर, प्रहरीले केहि चासो नदिएर उसको अपराधि गतिविधिले प्रश्रय पाइरह्यो ।’
कुमारको कुटपिट तथा हिंसा सहन नसकेर श्रीमती दुई छोरा छोडेर अर्कै सँग गएको आफन्त पदमको भनाइ छ । त्यस्तै, कुमारले कैलाली गेटाका मोहन भट्ट सँग ३५ हजार रुपैयाँबाट आठ लाख रुपैयाँ असुलेर अझै १० लाख रुपैयाँ दिनुपर्ने नत्र मारिदिने भन्दै धम्की दिदै आएका थिए । भट्टले कुमारका बुबा खेमसिंह ३५ हजार रुपैयाँ सापटी लिएका थिए ।
यसैगरि केहि महिना अगाडी कुमारले अत्तरियाकी एक युवतीलाई ललाईफकाई भारत लगेर पुनः नेपाल ल्याई कञ्चनपुरको बनमासा पुल नजिक नेपालतिर पर्ने ठाउँमा सख्त कुटपिट गरेर मरी सकी भनेर छोडेर भागेका थिए । पछि ति युवती जिउँदै देखेर स्थानीयले खबर गरेपछि माइती नेपालले उद्दार गरेर बचाएको थियो । हाल ति युवती विवाह गरेर बसेकी बताइन्छ ।
‘कुमारका उल्लेखित घटना सामान्य हुन् । त्यसको स्वभावै अपराधिक खालको थियो’- सीताले भनिन् । आफ्ना दाजुभाइ लगायत आफन्तजनहरुलाई पटक पटक मार्ने धम्की दिने कुमार भारतको रुद्रपुरमा बस्ने भएपनि मोटरसाइकलमा आएर अपराधिक घटना घटाएर पुनः भारतमै जाने गरेको आफन्तजनले बताए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger