|
|
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार शुक्रबार रातिदेखि पानी पर्न केही कम भएता पनि सहरका कयौं भाग जलमग्न रहेका छन्। उद्धारकर्ताहरुले डुबानमा परेको मानिसलाई घर तथा कारबाट डुङगाको सहायतामा निकालिरहेका छन्। सिएनएनका मेटोरोलोजिस्ट डेरिक भान ड्यामले बितेको ४९ घण्टामा १९ इन्चसम्म पानी परिरहेको र सहर पुरै जलमग्न भएको बताए। जुन लस एन्जल्स सहरमा एक वर्षमा पर्ने औसत वर्षा भन्दा बढी हो। अमेरिकाको राष्ट्रिय मौसम विभागले सान एन्टोनियो सहर नजिकैको ब्यानडेरा स्टेटमा १० इन्च भन्दा बढी वर्षा भएकाले अधिकांश स्थान जलमग्न रहेको जनाएको छ।
जेल खाली गराइयो
यसैबीच फ्रन्ट बेन्ड स्टेट नजिकै रहेको ब्रेजर्स नदी आसपासमा रहेका बासिन्दा तथा त्यँहाको जेलमा रहेका कैदीलाई अन्यत्र सार्न आदेश जारी गरिएको छ । त्यँहाको दुई वटा जेलमा रहेका झन्डै २,६०० कैदीलाई अन्य स्थानको जेलमा सारिएको टेक्सस डिपार्टमेन्ट अफ क्रिमिनल जष्टिकले आइतबार बताएको छ । त्यँहाका अधिकारीले उद्धार कार्य जारी रहेको बताए। उनीहरुले अब आउने तीन दिनमा अझै भारी वर्षा हुन सक्ने भन्दै मानिसलाई सचेत रहन आग्रह गरेका छन्।
|
|
Post a Comment