Headlines News :
Home » » नेपाली इतिहासमा यसरी काटिएका थिए एक राजा

नेपाली इतिहासमा यसरी काटिएका थिए एक राजा

Written By news on Tuesday, 31 May 2016 | 01:27


करिव २ हजार वर्ष प्रत्यक्ष अप्रत्यक्ष शासन गरेको राजाहरुको इतिहासमा नेपालमा बडो अचम्मको छ । ती राजाहरुका इतिहास एकसे एक रोमाञ्चक बनाउने घटनाहरु छन् ।
इतिहासका पानाहरु पल्टाउँदै जाँदा यस्तो लाग्छ त्यहीबेलाका दरबारहरु केवल षडयन्त्र गर्नका लागि नै बनाइएका थिए । को कति बेला कहाँ काटिने हो केही मेसो पाउँने अवस्था थिएन । त्यस्ते षड्यन्त्रमा परि ज्यान गुमाउने राजाहरु मध्ये एक हुन् पाटनका राजा विश्वजित मल्ल । पाटनका राजा योगनरेन्द्र मल्लले उत्तराधिकारीविहीन हुनुपर्ने पुत्रशोकमा परेर राजपाट त्यागेपछि उनका छोरीतर्फका नाति विष्णु मल्ल पाटनको राजा भएका थिए । विष्णु मल्लले गद्दी सम्हालेपश्चात् पाटन राज्यको दुर्दशा प्रारम्भ भएको कुरामा सबै इतिहासकार सहमत छन् ।

पाटनको इतिहासको यही अँध्यारो युगमा देखा परेका थिए ६ जना प्रधान यी प्रधानहरू पाटनमा कति शक्तिशाली थिए भने उनीहरूले जसलाई चाह्यो उसलाई राजा बनाउन र हटाउन सक्थे । यही क्रममा ती प्रधानले राज्यप्रकाश मल्ल ९काठमाडौंका राजा जयप्रकाश मल्लका भाइ०, जयप्रकाश मल्ल ९काठमाडौंका राजा०, रणजित मल्ल ९भक्तपुरका राजा०, विश्वजित मल्ल, दलमर्दन शाह ९पृथ्वीनारायण शाहका भाइ० तथा तेजनरसिंह मल्ललाई पालैपालो पाटनको राजा बनाए । यसै क्रममा राजा भएका विश्वजित मल्ल ९जो राजा विष्णु मल्लका छोरीतर्फका नाति थिए० पाटनको राजा हुन पुगेका थिए । उनले पाटनमा वि।सं। १८०९ देखि १८१५ सम्म शासन गरेका थिए । राजा विश्वजित मल्ल शासकीय रूपमा कुशल थिए ।

आफ्नो राजकीय कुशलताका कारण उनी पाटनका ६ जना प्रधानको चकचकी कम गर्न केही हदसम्म सफल भएका थिए । उनको सफलताका कारण आफ्नो प्रभाव कम हुँदै गएको अनुभव गरेपछि ती ६ प्रधानमध्ये एकले राजा विश्वजित मल्लमाथि आफ्नी श्रीमतीसँग अनुचित सम्बन्ध राखेको आरोप लगाए । त्यही आरोपको आडमा ती ६ प्रधानले पाटनका जनतालाई राजाविरुद्ध विद्रोहका लागि उक्साए । पाटनका जनता पनि ६ प्रधानको कुरामा सहमत भएपछि राजा विश्वजित मल्ललाई एउटा सशस्त्र विद्रोहमार्फत् गद्दीबाट हटाइयो । यसरी गद्दीबाट हटाइएका विश्वजित मल्ललाई पक्राउ गरेपछि ६ प्रधानले भविष्यमा सत्य कुरा प्रकाशमा आउन नपाओस् भनेर राजा विश्वजित मल्ललाई हाल पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको मन्दिरको मूलढोकामा दसैंको बोका पर्साएसरह पर्साएर काटेका थिए । भनिन्छ, राजा विश्वजित मल्ललाई काट्दा अचानो बनाइएको काठ तलेजु मन्दिरमा अझै पनि छ ।खबरडबली बाट
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger