Headlines News :
Home » » यौन इच्छा छ तर मेरो श्रीमानले जाँगर चलाउँनु हुन्न

यौन इच्छा छ तर मेरो श्रीमानले जाँगर चलाउँनु हुन्न

Written By news on Friday, 29 April 2016 | 08:20

 गायिका ज्योती मगर - म ३७ वर्षकी भए। मेरो श्रीमान् ४१ वर्षको हुनुहुन्छ। श्रीमान्मा भन्दा ममा बढी यौन इच्छा छ। पहिले उहाँको इच्छा बढी थियो। हाम्रो विवाह भएको १० वर्ष भैसक्यो जब म इच्छा राख्छु, उहाँ मुड


छैन, शरीर दुखेको छ, अल्छी लागेको छ भनेर टार्नु हुन्छ। अहिले मलाई कतै उहाँको अरूसँग यौन सम्बन्ध त छैन भन्ने लाग्न थालेको छ । यो मेरो शंका मात्र हो कि वास्तविकता ? जसका कारण म निराश छु। यसको केही समाधान छ ?
यौन चाहनासम्बन्धी यस्ता प्रश्न धेरैले राख्ने गरेको मैले पाएकी छु। चिकित्साशास्त्रको भाषामा यसलाई यौन चाहनामा भिन्नता भनिन्छ। धेरैजसोले महिलामा भन्दा पुरुषमा बढी यौन इच्छा हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि यौन चाहना हुनु स्वाभाविक हो।
यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन तर यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ। जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनकाबारेमा वा भनौं दुवैको शरीरलाई रामोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने उदाहरण धेरै छन्। किनभने यौन चाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोबैज्ञानिक बिषय पनि हो।
तपाईंको प्रश्नको उत्तर दिनुभन्दा अघि तपाईंको श्रीमानको यौन चाहना समयअनुसार कम हुँदै गएको हो वा पहिले देखिनै कम थियो भन्ने कुरा जान्न आवश्यक हुन्छ। यदि समय अनुसार कम हुँदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पता लगाउन आवश्यक छ। किनभने यो समस्याको स्रोत धेरै हुन सक्छ।
तपाईंको प्रश्न सुन्दा तपाईंको श्रीमान् अहिले चिन्तामा रुमल्लिरहनुभएको छ भन्ने बुझिन्छ। दोस्रो, तपाई र तपाईंको श्रीमान्को बीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ। तपाईंहरूबीच एकअर्का प्रतिसम्मान गर्ने बानी र स्वभावमा समस्या थपिन तथा एकअर्काप्रतिको आकर्षणमा कमी आउन थालेको हुनुपर्छ। त्यसको कारण परस्त्रीगमन पनि हुन सक्छ अथवा भनौं मानसिक तनावका स्रोत अनेकौं हुन सक्छन। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ।
हाम्रो समाजका धेरैजसो मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान, कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई रामोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन। तपाईंको समस्याको वास्तविकतामा पुग्नु अघि यस्ता धेरै विषयलाई केलाउनुपर्ने हुन्छ।
तपाईंको श्रीमान्मा यौन निष्क्रियता सम्बन्धी कुनै समस्या पनि हुन सक्छ। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौन चाहना सधैं बढी भएको हो भने पनि त्यो अस्वाभाविक चाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने महत्वपूर्ण कुरा हो।
जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्न आवश्यक हुन्छ। कोही दैनिक यौन चाहन्छन् भने कोही महिनामा एक-दुई पटक। तपाईंहरू दुवैले कहिलेकाहीँ हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको रूपमा बुझ्नु उचित हुँदैन।
त्यसकारण तपाईको पार्टनरमा कुनै खराबी छ भनेर सोच्नु भन्दा तपाईहरू दुवैको यौन इच्छा फरक छ भनेर बुझ्नु तथा कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भनेर सोच्नु उचित हुन्छ। तपाईंहरूले एकअर्कालाई दोष लगाउँदा थप समस्या सिर्जना हुनसक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्कालाई बढावा दिन आवश्यक हुन्छ। दुई जनाबीचको यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ। त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हंसीमजाक गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुम्सुम्याउने, गुणस्तरीय लुबि्रकेन्टस प्रयोग गर्ने, एक अर्काको शरीर एवं भावना बुझ्ने प्रयास गर्ने। श्रीमान्लाई आफ्नो उनको शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु पनि यौन उत्तेजना बढाउन सहायक हुन्छ। हाम्रो सन्देशबाट साभार
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger