Headlines News :
Home » » आमा र भिनाजु को अबैध यौन सम्बन्ध ,पोल खोल्छ भन्ने डरले गरे १५ वर्षीया किशोरीको हत्या

आमा र भिनाजु को अबैध यौन सम्बन्ध ,पोल खोल्छ भन्ने डरले गरे १५ वर्षीया किशोरीको हत्या

Written By news on Saturday, 26 March 2016 | 22:27

१४ चैत, जनकपुरधाम । धनुषामा सौतेनी आमा र भिनाजुले १५ वर्षीया किशोरीको हत्या गरेका छन् ।जिल्लाको विक्रमपुर गाविस निवासी फुलगेन यादवकी १५ वर्षीय छोरी सुनिताकुमारी यादवको घाँटी थिचेर हत्या गरिएको
प्रहरीले जनाएको छ । यादवकी कान्छी श्रीमती र ज्वाई रामजीवन यादवबीच अनैतिक सम्बन्ध रहेको थाहा
पाएपछि सुनिताको थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । होलीकादिन अनैतिकक्रियाकलापमा संलग्न रहेकै अवस्थामा मृतक सुनिताले सौतेनी आमा र भिनाजुलाई देखेपछि पोल खुल्ने डरले घाँटी थिचि हत्या गरिएको स्थानीयले बताए । मृत बालिकाको शव घाँस-पराल तथा भुसा राख्ने घरमा फालेको अवस्थामा सोही टोलका एक युवकले देखेपछि प्रहरीलाई खबर गरेको स्थानीयहरुले बताए । रामजीवन यादव फुलगेनका पहिलो श्रीमतिको छोरी ज्वाई हुन् भने मृतक सुनिता पनि पहिलो श्रीमतीकै छोरी हुन् । यता घटना पश्चात घरका सम्पुर्ण सदस्यहरु फरार रहेकाले घटना झन जटिल बन्दै गएको जिल्लाप्रहरी कार्यालय धनुषाले जनाएको छ । आरोपित रामजीवन यादवको ज ५ प ५३२५ नम्बरको मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger