Headlines News :
Home » » यौन व्यवसायको आरोपमा ४ नेपाली महिला मलेसियामा पक्राउ भिडियो सहित

यौन व्यवसायको आरोपमा ४ नेपाली महिला मलेसियामा पक्राउ भिडियो सहित

Written By news on Saturday, 19 March 2016 | 22:55

काठमाडौं । यौन व्यवसायमा संलग्न भएको आरोपमा मलेसियामा ४ जना नेपाली महिला पक्राउ परेका छन् । मलेसियन प्रहरीले एक मनोरञ्जन केन्द्र (आउटलेट)मा छापा मारेर ६ बंगलादेशी र ४ जना नेपाली महिलालाई पक्राउ गरेको हो ।
पेनाङको जलान सुल्तान एहेमदको मनोरञ्जन केन्द्रमा गेष्ट रिलेसन अफिसरका रुपमा
काम गरिरहेका ४ नेपाली महिला पक्राउ परेका हुन् । देह ब्यापारको आरोपमा पक्राउ परेकाहरु २३ देखि ३० वर्ष उमेर समूहका रहेको मलेसियाको दस्टार अनलाइनले जनाएको छ । उनीहरु सबै गैह्र-कानुनी कामदार भएको समाचारमा उल्लेख छ । शुक्रबार राति प्रहरीले चलाएको अपरेसनमा मनोरञ्जन आउटलेटका म्यानेजर पनि पक्राउ परेका छन् । उनी ३८ वर्षीय बंगलादेशी नागरिक हुन् । मलेसियन नागरिकको नाममा रहेको केन्द्र भाडामा लिएर उनले त्यहाँ यौन ब्यवसाय चलाएका थिए । त्यहाँ गेष्ट रिलेसन अफिसरको रुपमा कार्यरत सबै महिलालाई देहब्यापारमा लगाइएको प्रहरीको आशंका छ । मलेसियामा विभिन्न कामका लागि पुगेका धेरै महिला अवैधानिक भएपछि यस्तो व्यवसायमा संलग्न हुने गरेको पाइएको छ । राम्रो कमाइ हुने प्रलोभनमा नेपाली महिला पनि यस्तो व्यवसामा यफस्ने गरेका छन् । प्रायः महिलालाई गेष्ट रिलेसन अफिसरका रुपमा राखेर यौन व्यवसायमा संलग्न गराउने गरेको पाइन्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger